बद्रीनाथ धाममा दान अनियमितताको आरोप, एक कर्मचारी पक्राउ
सारांश
- बद्रीनाथ धाममा भक्तजनले चढाएको भेटीमा अनियमितता भएको आरोपमा एक कर्मचारी पक्राउ परेका छन्।
- प्रहरी अनुसन्धानमा कर्मचारी प्रमोद नौटियालले नगद र भेटी सामग्री व्यक्तिगत स्वार्थका लागि लिएको आरोप लागेको छ।
- सीसीटीभी फुटेज र साक्षीहरूको बयानका आधारमा नौटियाललाई पक्राउ गरिएको छ।
नयाँ दिल्ली । भारतको अयोध्यास्थित राम मन्दिरमा दान अनियमितताको विषय चर्चामा रहेका बेला भारतको उत्तराखण्डस्थित प्रसिद्ध बद्रीनाथ धाममा पनि भत्तजनहरूले मन्दिरमा दिएको दान हेराफेरी भएको आरोप सार्वजनिक भएको छ ।
यो विषय अहिले प्रहरी अनुसन्धान, राज्य सरकारको उच्चस्तरीय छानबिन र राजनीतिक बहसको केन्द्र बनेको छ । जुलाई २ मा मन्दिरमा चढाइएको भेटीको गणना गर्ने क्रममा अनियमितता भएको सूचना सार्वजनिक भएपछि एक सामाजिक संस्थाले श्री बद्रीनाथ–केदारनाथ मन्दिर समितिसमक्ष लिखित उजुरी दिएको थियो ।
उजुरीपछि मन्दिर समितिले आन्तरिक छानबिन सुरु गर्दै सम्बन्धित कर्मचारी प्रमोद नौटियाललाई निलम्बन गरेको थियो । त्यसपछि उत्तराखण्ड सरकारले तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ भने प्रहरीले मुद्दा दर्ता गरी विशेष अनुसन्धान टोलीमार्फत अनुसन्धान अघि बढाएको छ । विशेष अनुसन्धान टोलीले जुलाई १२ को राति प्रमोद नौटियाललाई देहरादूनस्थित निवासबाट पक्राउ गरेको थियो ।
जुलाई ३ मा भैरव सेनाका संस्थापक सन्दीप खत्रीले मन्दिर समितिका प्रमुख कार्यकारी अधिकृतलाई चढावा व्यवस्थापनमा अनियमितता भएको आरोप लगाउँदै निष्पक्ष छानबिन र सम्बन्धित कर्मचारीविरुद्ध मुद्दा दर्ताको माग गरे । त्यसपछि यो मामिला सामाजिक सञ्जालमा व्यापक रूपमा फैलियो र बद्रीनाथ धाममा भक्तजनले चढाउने भेटीको व्यवस्थापन तथा पारदर्शितामाथि प्रश्न उठ्न थाले । मन्दिर समितिका अनुसार प्रारम्भिक छानबिनमा अनियमितताको संकेत देखिएपछि अध्यक्ष कार्यालयमा कार्यरत व्यक्तिगत सहायक प्रमोद नौटियाललाई निलम्बन गरिएको हो। समितिले अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता देखिए उनीहरूमाथि पनि कारबाही गरिने जनाएको छ ।
के भेटियो प्रहरी अनुसन्धानमा ?
जुलाई ८ मा मन्दिरका कार्यवाहक अधिकारी युद्धवीर पुष्पवानको उजुरीका आधारमा बद्रीनाथ प्रहरी कार्यालयमा भारतीय न्याय संहिताअन्तर्गत मुद्दा दर्ता गरिएको थियो । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा प्रमोद नौटियालले चढावाको गणनाका क्रममा नगद र अन्य भेटी सामग्री व्यक्तिगत स्वार्थका लागि लिएको आरोप लागेको छ । विशेष अनुसन्धान टोलीले कर्मचारी तथा साक्षीहरूको बयान लिँदै जुलाई २ को सीसीटीभी फुटेज पनि विश्लेषण गरेको थियो ।
उत्तराखण्ड प्रहरीले सीसीटीभी फुटेजमा नौटियालले पटक–पटक गणना कक्षबाट नगद तथा अन्य भेटी सामग्री मोबाइल फोनमुनि लुकाएर र आफ्नै खल्तीमा राखेर बाहिर लगेको देखिएको दाबी गरेको छ । प्रहरीका अनुसार बरामद सामग्रीमा ५०० भारतीय रुपैयाँका नोट, सुन–चाँदीका सिक्काका प्याकेट, शालिग्राम शिला र केसरका प्याकेटसमेत समावेश छन् ।
यिनै प्रमाण र साक्षीहरूको बयानका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यद्यपि उनीमाथि लगाइएका आरोपहरू अदालतबाट प्रमाणित हुन भने बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण