इमरान खानले देशद्रोह गरेको आरोप
पाकिस्तानका गृहमन्त्री राना सनौल्लाले पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख इमरान खानले पाकिस्तानविरुद्ध देशद्रोह गरेको आरोप लगाएका छन् ।
जिओ न्यूजसँग कुरा गर्दै उनले भने– ‘इमरान खानले राज्यविरुद्ध देशद्रोहको अपराध गरिरहेका छन् ।’ पाकिस्तानको पञ्जाब प्रान्तको वजीराबादमा गतहप्ता एक राजनीतिक र्यालीका क्रममा गोली प्रहार गरिएका पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले राजधानी इस्लामावादतर्फको लामो पदयात्रा मङ्गलबार देखि पुनः सुरु गर्ने घोषणा गरेका छन् ।
लाहोरमा आयोजित पत्रकार सम्मेलनमा खानको भनाइलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले भनेको छ, “हामीले निर्णय गरेका छौं । हाम्रो मार्च वजीराबादको त्यही बिन्दुबाट सुरु हुनेछ जहाँ मलाई र अन्य ११ जनालाई गोली हानिएको थियो । उक्तस्थानमा मोअज्जम शहीद भएका थिए ।”
सनौलाले खानलाई ‘संस्थाहरूले अंगीकार गरून भन्ने’ चाहेको भन्दै पाकिस्तानी संस्थाहरूलाई पीटीआई प्रमुखको ‘खराब एजेन्डा’ विरुद्ध उभिन आग्रह गरेका छन् । “इमरान खानको एउटै मात्र माग छ ः उनलाई प्रधानमन्त्रीको कुर्सीमा बस्नका लागि संस्थाहरूले अङ्गीकार गर्न चाहन्छन्,” गृहमन्त्रीले भने । खानले सेना प्रमुखको नियुक्तिलाई विवादास्पद बनाउन चाहेको पनि सनौल्लाले दावी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण