सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई  रोक्न सबैले मिलेर काम गर्नुपर्छ : महासचिव गुटेरेस

सोमबार, २१ कात्तिक २०७९, २१ : १९
सोमबार, २१ कात्तिक २०७९

जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई  रोक्न सबैले मिलेर काम गर्नुपर्ने संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले बताएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार इजिप्टमा आयोजित ग्लोबल वार्मिङलाई नियन्त्रण गर्ने विषयमा जारी कार्यक्रममा विश्वका नेताहरू माझ आफ्नो सो धारणा राखेका हुन् । 

कोभिड महामारीको प्रकोप र युक्रेन–रूसको युद्धबाट सङ्कटग्रस्त विश्व अर्थतन्त्र र यसका असरबारे टिप्पणी गर्दै महासचिवले यस्ता घटनाक्रमले अन्तर्राष्ट्रिय सम्बन्ध नै दबाबमा परेको  समेत टिप्पणी गरेका छन् । ‘मानवतासँग विकल्प छः सहयोग गर्नुहोस् वा नष्ट गर्नुहोस्,’ महासचिवले शर्म अल शिकको रेड सी रिसोर्टमा आयोजित संयुक्त राष्ट्रसंघ कोप–२७ शिखर सम्मेलनमा सो कुरा बताएका हुन्।  ‘यो या त जलवायु एकता सम्झौता हो, वा सामूहिक आत्महत्या सम्झौता हो।’ उनले भने। 

गुटेरेसले धनी देशहरू र उदीयमान अर्थतन्त्रहरू बीचको ‘ऐतिहासिक’ सम्झौताको लागि आह्वान गर्दै जसले उत्सर्जन घटाउने र तापक्रम वृद्धिलाई पूर्व–औद्योगिक युगभन्दा माथि १.५ डिग्री सेल्सियसको पेरिस सम्झौता लक्ष्यलाई सम्बोधन गर्नुपर्ने बताएका छन्  ।

उनले चेतावनी दिँदै हालको प्रक्षेपणमा ‘हामी हाम्रो खुट्टा अझै एक्सेलेटरमा रहेको नरकको मौसमको राजमार्गमा छौं’ भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप