निर्वाचन बहिष्कार गर्ने तराई मधेस जनता पार्टीको घोषणा
मङ्गलबार, २२ कात्तिक २०७९, १६ : ०७
तराई मधेस जनता पार्टी (टाईगर्स) ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । पार्टी र सरकारबीच विगतमा भएको ११ बुँदे सम्झौता कार्यान्वयन नभएकाले निर्वाचन बहिष्कार गर्ने मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी जनाएको हो ।
पार्टीका केन्द्रीय सचिव मेजर पाण्डेले आफ्ना नेता कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता नभएको र पक्राउ परेका नेता कार्यकर्तालाई रिहा नगरिएकाले बाध्य भएर निर्वाचन बहिष्कार गर्नुपरेको बताए । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने, किसानको समस्या समाधान गर्नुपर्ने, बेरोजगारलाई स्वदेशमा रोजगारीको ग्यारेन्टी हुनुपर्ने माग पार्टीको रहेको बताए । उनले पार्टीको विधान विपरीत गतिविधि गरेकाले पार्टीका केन्द्रीय महासचिव रोशन शाहलाई निष्कासन गरिएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानसभाका तीन सदस्यलाई जेल सजाय
-
आफ्नै संस्थाका कार्यक्रम निर्देशकलाई स्वर्णिमले बनाए वाणिज्य बैंकको सञ्चालक
-
ट्राफिक नियम उल्लंघनमा ५० हजार रुपैयाँ जरिवाना हुँदैन : मन्त्री लम्साल
-
बद्रीनाथ धाममा दान अनियमितताको आरोप, एक कर्मचारी पक्राउ
-
ट्युनिसियादेखि त्रिपुरेश्वरसम्म : जलिरहेका नागरिकका पदचाप
-
एकैदिन ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण