दाङका आगलागी पीडितलाई आर्थिक सहयोग
मङ्गलबार, २२ कात्तिक २०७९, २२ : ४६

जिल्ला उद्योग वाणिज्य संघ दाङले आगलागीबाट पीडितलाई आर्थिक सहयोग गरेको छ । सङ्घले मंगलबार एक कार्यक्रम आयोजना गरी यही कात्तिक ७ गते घोराही उपमहानगरपालिका–१५ मा फर्निचर उद्योगमा भएको आगलागीका पीडितलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
आगोलागीबाट पीडित तीन व्यवसायीलाई सङ्घले रु पाँच लाख २३ हजार सहयोग गरेको हो । सङ्घले व्यवसायी सुरक्षित कोषबाट रु तीन लाख तथा सङ्घको कार्यसमिति तथा उद्योगी व्यवसायीबाट सङ्कलित रु दुई लाख २५ हजार सहयोग गरेको सङ्घका जिल्ला अध्यक्ष टङ्कसिँह बुढाथोकीले जानकारी दिए । तीनै व्यवसायीलाई जनही रु एक लाख ७४ हजार सहयोग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण गरौँ : राष्ट्रपति
-
१२ पटक विज्ञापन गर्दा पनि आएनन् विज्ञान शिक्षक !
-
प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
मजगैयाँको गजल गीत : ‘के छ ओइ सान्नानी’ मा सुधीर र उषाको अभिनय
-
मस्जिदमा भएको आक्रमणमा परी नाइजेरियामा ४४ जनाको मृत्यु
-
पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री