धानको मूल्य वृद्धि, सरकारले तोक्यो समर्थन मूल्य
सरकारले धानको मूल्यमा वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षका लागि धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम् समर्थन मूल्य तोकेको छ । कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा.प्रकाश सञ्जेलका अनुसार कात्तिक १६ गते बसेको मन्त्रिपरिषदको बैठकले धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम् समर्थन मूल्य तोकेको हो ।
मोटा धानको प्रति क्विन्टल दुई हजार ९६७ रूपैयाँ र मध्यम धानको प्रतिक्विण्टल तीन हजार १२८ रूपैयाँ न्यूनतम् समर्थन मूल्य तोकिएको प्रवक्ता सञ्जेलले जानकारी गराए । गत वर्षको तुलनामा मोटा धानको मूल्य प्रतिक्विन्टर २१५ रूपैयाँ वृद्धि भएको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल २६६ रुपैयाँ वृद्धि भएको छ । किसानले धान भित्र्याउन लागेको बेला सरकारले धानको मूल्य वृद्धि गर्दै समर्थन मूल्य तोकेको हो ।
सरकारले तोकेको न्यूनतम् मूल्यभन्दा कममा धान खरिद बिक्री गर्न पाइँदैन । किसानको धान बिक्री भएन भने सरकारले नै खरिद गर्ने व्यवस्था समेत गरेको छ । विगत तीन चार वर्षदेखि तोकेको मूल्यमा बिक्री नभएको धान सरकारले खरिद गर्ने गरेको छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत धान खरिद गर्ने गरेको छ ।
यसैगरी न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड रूपैयाँ बजेटको व्यवस्था गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम् समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन गरिने प्रवक्ता सञ्जेलले जानकारी गराए ।
हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम् समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरुलाइ ११२ रुपैयाँ प्रति क्विन्टल व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था छ । गत वर्ष यस कार्यक्रम अनुसार करिब नौ हजार मेट्रिक टन धान खरिद भएको थियो ।
यो चालू आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिद गर्ने र त्यसका लागि ३३ करोड रूपैयाँ बजेट बिनियोजन भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण