११ हजार कर्मचारी कटौती गर्ने निर्णयपछि जुकरबर्गले मागे माफी
बिहीबार, २४ कात्तिक २०७९, ०९ : ०२
फेसबुक, इस्टाग्राम र ह्वाट्सएप स्वामित्वमा रहेको मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको हो । विभिन्न देशका गरी मेटाका ८७ हजार कर्मचारी छन् । मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कटौतीहरू ‘मेटाको इतिहासमा सबैभन्दा कठिन परिवर्तन’ भएको बताए ।
‘मलाई थाहा छ यो सबैका लागि कठिन छ । म विशेष गरी प्रभावित भएकाहरूप्रति माफी चाहन्छु,’, प्रमुख कार्यकारी जुकरवर्गले एक विज्ञप्तिमा लेखे ।
जुकरबर्गले महामारीको समयमा फर्मको राजस्वमा भएको बृद्धिको आधारमा दीर्घकालीन अपेक्षाहरूलाई दोष दिए । ‘धेरै व्यक्तिहरूले यो स्थायी गति हुने भविष्यवाणी गरेका थिए’ उनले लेखे, ‘मैले पनि गरें, त्यसैले मैले महत्वपूर्ण रूपमा हाम्रो लगानी वृद्धि गर्ने निर्णय गरें ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण