आहा रारा गोल्डकप पुस १२ देखि
सहारा क्लब पोखराको आयोजनामा बर्सेनि हुँदै आएको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको मिति तय भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुस १२ देखि २३ सम्मका लागि मिति दिएको हो । एन्फाले मिति दिएसँगै आयोजकले ‘आहा रारा गोल्डकप–२०७९ फुटबल प्रतियोगिताको (क्याराभाना गोल्डकपसहित) २२ औं संस्करण’ तयारीमा जुटेको सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए ।
पोखरा रंगशालामा हुने राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरको अन्तरक्लब आमन्त्रित सो प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय क्लब र विदेशीसहित मोफसलका टिमहरू र आयोजक सहारा क्लब पोखरा टिम सहभागी हुनेछ १२ टिमले भाग लिने छन् ।
प्रतियोगीको मुख्य प्रायोजक सदाझैं हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हुनेछ । साथै पोखरा महानगरपालिकाको संयोजन रहनेछ । यस्तै, राष्ट्रिय खेलकुद परिषद, एन्फा, सहारा युके, सहारा क्लब हङकङ, सहारा अष्टेलियाको विशेष सहयोग रहनेछ । विगतमा झैं सहारा युकेले उत्कृष्ट ५ विधा, म्यान अफ दि म्याच र मेडल प्रायोजन गर्नेछ ।
गत संस्करणको उपाधि विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब हो । गत वर्ष २० औं आहा रारा गोल्डकपको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै एपिएफले पहिलो पल्ट उपाधि चुमेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण