बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आहा रारा गोल्डकप पुस १२ देखि

बिहीबार, २४ कात्तिक २०७९, १७ : ५८
बिहीबार, २४ कात्तिक २०७९

सहारा क्लब पोखराको आयोजनामा बर्सेनि हुँदै आएको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको मिति तय भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुस १२ देखि २३ सम्मका लागि मिति दिएको हो । एन्फाले मिति दिएसँगै आयोजकले ‘आहा रारा गोल्डकप–२०७९ फुटबल प्रतियोगिताको (क्याराभाना गोल्डकपसहित) २२ औं संस्करण’ तयारीमा जुटेको सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए ।

पोखरा रंगशालामा हुने राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरको अन्तरक्लब आमन्त्रित सो प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय क्लब र विदेशीसहित मोफसलका टिमहरू र आयोजक सहारा क्लब पोखरा टिम सहभागी हुनेछ  १२ टिमले भाग लिने छन् ।

प्रतियोगीको मुख्य प्रायोजक सदाझैं हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हुनेछ । साथै पोखरा महानगरपालिकाको संयोजन रहनेछ । यस्तै, राष्ट्रिय खेलकुद परिषद, एन्फा, सहारा युके, सहारा क्लब हङकङ, सहारा अष्टेलियाको विशेष सहयोग रहनेछ । विगतमा झैं सहारा युकेले उत्कृष्ट ५ विधा, म्यान अफ दि म्याच र मेडल प्रायोजन गर्नेछ ।

गत संस्करणको उपाधि विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब हो । गत वर्ष २० औं आहा रारा गोल्डकपको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै एपिएफले पहिलो पल्ट उपाधि चुमेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप