डा.लोहनीको प्रश्न : संविधान उल्लंघन गर्नु अग्रगमन हो ?
शुक्रबार, २५ कात्तिक २०७९, १६ : २०
राप्रपाका नेता डा.प्रकाशचन्द्र लोहनीले नेपाली जनताले ठूला राजनीतिक पार्टीलाई गरेको विश्वासको दुरुपयोग भइरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता लोहनीले जनताको मत लिएर भागबन्डा, संविधान विघटनमा ठूला दल रमाएको बताए । ‘संविधान उल्लंघन गर्नु अग्रगमन हो ? विचार गर्ने बेला आएको छ ।
यहाँसम्म कि अहिले त राजदूतको पद पनि बिक्री भएको छ, करोडमा’, उनले आफुहरुले यसो भन्दा प्रतिगमनको बिल्ला भिराउने गरिएकोमा आपत्ति समेत जनाए । उनले अहिले ‘लथालिङ्ग देशको भताभुङ्ग चाला जुन पार्टीले सक्ला त्यही पार्टीले खाला’ भन्ने भएको भन्दै नव सामन्तवादका प्रेतात्माहरूले ‘कुत’ खाएर बसिरहेको आरोप लगाए । उनले यस्तै अवस्था रहे देशमा अशान्ति र अराजकता हुँदै युक्रेनको बाटोमा जाने र शासकहरुले सोही दिशामा लगिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण