इजरायली राष्ट्रपतिद्वारा नेतन्याहूलाई सरकार गठनका लागि निर्देशन
इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले नेता बेन्जामिन नेतन्याहूलाई नोभेम्बर १ मा भएको निर्वाचनपछि आइतबार नयाँ सरकार गठनका लागि अनुमति प्रदान गरेका छन् । राष्ट्रपति हर्जोगले गत वर्ष सत्ताच्युत हुनुअघिसम्म इजरायलका सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका नेतन्याहूलाई जेरुसेलममा आयोजित एक समारोहमा आफूले सरकार गठनको जिम्मेवारी दिएको बताएका थिए ।
हर्जोगले भने– ‘पार्टीका नेताहरूसँगको परामर्शपछि परिणाम स्पष्ट भएको छ र सरकार गठनको जिम्मेवारी बेन्जामिन नेतन्याहूलाई दिनुपर्छ ।’ हर्जोगले भ्रष्टाचारको आरोपमा उदारवादी नेता नेतन्याहूमाथि चलिरहेको मुद्दाबारे पनि चर्चा गर्दै यो अनुसन्धानको क्रममा रहेको बताए ।
इजरायलका उदारवादी नेता नेतन्याहुले आफुमाथि लाग्दै आएको भ्रष्टाचार आरोपलाई अस्वीकार गर्दै आएका छन् । हर्जोगले भने– “जेरुसेलम जिल्ला अदालतमा नेतन्याहूविरुद्ध कानुनी कारबाही चलिरहेको छ भन्ने तथ्यबाट म बेखबर छैन र म यसलाई तुच्छ मान्दिनँ ।”
तर उनले आरोपको प्रतिवाद गर्दा नेतन्याहूले प्रधानमन्त्रीको रूपमा काम गर्न सक्ने कुरा हालैको नजिरले स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण