सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

सोमबार, २८ कात्तिक २०७९, १४ : ३५
सोमबार, २८ कात्तिक २०७९

चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ । उनीहरुका बीचमा बहुपक्षी विषयका साथै जलवायु परिवर्तनका विषयमा कुराकानी भएको बताइएको छ । त्यस अवसरमा उनीहरुका बीचमा विश्व शान्ति र विकासका क्षेत्रमा संयुक्त राष्ट्रसंघको भूमिकाका विषयमा कुराकानी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले बताएको छ ।

चीन संयुक्त राष्ट्रसंघको स्थायी सदस्यका साथै विश्वको एक आर्थिक शक्ति राष्ट्रका रुपमा संयुक्त राष्ट्रसंघसँग निरन्तर सम्पर्कमा रहिरहने पनि प्रधानमन्त्री खछ्याङले जानकारी दिएका थिए । तेस्रो विश्वका देशहरूलाई ऋण तथा अन्य आर्थिक सहायताका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घले सहजीकरण गरिरहेको र यसमा अझै सहयोग पुर्याउनुपर्ने पनि सो अवसरमा चिनियाँ प्रधानमन्त्रीले जोड दिएका थिए ।

त्यस भेटका अवसरमा महासचिव गुटरेसले विश्वमा जलवायु परिवर्तनका क्षेत्रमा पर्दै गएको असरका बारेमा चीनसँग आफ्ना धारणा राखेका थिए । यसतर्फ विश्वलाई नै सचेत गराउनुपर्ने आवश्यकता रहेकोमा महासचिव गुटरेसले चिनियाँ प्रधानमन्त्री खछ्याङको ध्यानाकर्षण गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप