अभिनेता प्रदीपले पाए भारतमा अवार्ड
सोमबार, २८ कात्तिक २०७९, १५ : ११
अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेता अवार्ड हात पारेका छन् । आइतबार साँझ आयोजित ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा उनलाई फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्मतर्फको डेब्यु अभिनेताको अवार्ड दिइएको हो ।
अभिनेता खड्काले आफूले अवार्ड पाएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । उनले फेसबुकमा अवार्डको तस्बिरसहित आयोजकलाई धन्यवाद समेत दिएका छन् । ‘प्रेमगीत ३’ का निर्माता तथा निर्देशक सन्तोष सेन हुन् । फिल्मको हिन्दी संस्करण भारतमा पनि प्रदर्शन भएको थियो । फिल्मले विश्वव्यापी रुपमा ३९ करोड कमाएको यो फिल्मले नेपालबाट मात्रै १५ करोड ८ लाख कमाएको निर्माण युनिटको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण