रवीन्द्र मिश्रको घरदैलो कार्यक्रममा मनिषा कोइरालाको साथ (फोटोफिचर)
मङ्गलबार, २९ कात्तिक २०७९, ०९ : ०४

अभिनेत्री मनीषा कोइराला प्रतिनिधि सभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रको घरदैलो अभियानमा सहभागी भएकी छिन् । कोइराला आसन्न प्रदेश तथा प्रदेश सभा चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी प्रचारमा सहभागी हुँदै आएकी छिन् ।
आज बिहान उनी काठमाडौं क्षेत्र नम्बर–१ बाट उम्मेदवार रहेका राप्रपाबाट वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको चुनावी प्रचारमा सहभागी भएकी हुन् । घरदैलोको क्रममा कोइरालाले राप्रपाका उम्म्दवारहरुलाई मत दिन मतदातालाई आग्रह गरेकी थिइन् ।
बिहान ७:३० बजेदेखि मिश्रसहित राप्रपाका नेता कार्यकर्तासँगै कोइराला बबरमहल क्षेत्रको घरदैलोमा सहभागी भइरहेकी छिन् । कांग्रेसका संस्थापक नेता विपी कोइरालाको नातिनीसमेत रहेकी कोइरालाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन वीपीको सिद्धान्तमा इमानदार रहेको दाबी गर्दै आएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनको चटारोमा युवा संघ र अनेरास्ववियु, ओलीको ‘ग्रीन सिग्नल’ पर्खिंदै आकाङ्क्षी
-
भारतीय आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो : पाकिस्तान
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट