रवीन्द्र मिश्रको घरदैलो कार्यक्रममा मनिषा कोइरालाको साथ (फोटोफिचर)
मङ्गलबार, २९ कात्तिक २०७९, ०९ : ०४
अभिनेत्री मनीषा कोइराला प्रतिनिधि सभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रको घरदैलो अभियानमा सहभागी भएकी छिन् । कोइराला आसन्न प्रदेश तथा प्रदेश सभा चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी प्रचारमा सहभागी हुँदै आएकी छिन् ।
आज बिहान उनी काठमाडौं क्षेत्र नम्बर–१ बाट उम्मेदवार रहेका राप्रपाबाट वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको चुनावी प्रचारमा सहभागी भएकी हुन् । घरदैलोको क्रममा कोइरालाले राप्रपाका उम्म्दवारहरुलाई मत दिन मतदातालाई आग्रह गरेकी थिइन् ।
बिहान ७:३० बजेदेखि मिश्रसहित राप्रपाका नेता कार्यकर्तासँगै कोइराला बबरमहल क्षेत्रको घरदैलोमा सहभागी भइरहेकी छिन् । कांग्रेसका संस्थापक नेता विपी कोइरालाको नातिनीसमेत रहेकी कोइरालाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन वीपीको सिद्धान्तमा इमानदार रहेको दाबी गर्दै आएकी छिन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण