‘म सिटीसँग आबद्ध हुने नजिक पुगेको थिएँ’
म्यानचेस्टर युनाइटेडसँगको पुनर्मिलन अघि आफू म्यानचेस्टर सिटीसँग आबद्ध हुने नजिक पुगेको क्रिस्टियानो रोनाल्डोले खुलासा गरेका छन् । पोर्चुगिज फरवार्ड यतिबेला ‘टक टिभी’सँग गरेको अन्तरवार्ताका कारण चर्चामा छन् । उक्त अन्तरवार्ताको पहिलो भाग बुधबार प्रसारण गरिएको थियो, जसमा उनले ओल्ड ट्राफोर्डमा भएका घटनाहरूको विस्तृत विवरण दिएका छन् ।
‘साँच्चै भन्नु पर्दा म निकै नजिक थिएँ,’ सिटीसँगको अनुबन्धबारे खुलाउँदै उनले भने । रोनाल्डो क्लब छाडेको ११ वर्षपछि अगस्त २०२१ मा युभेन्टसबाट ओल्ड ट्राफोर्ड फर्किएका थिए । त्यतिबेला सिटीका म्यानेजर पेप ग्वार्डिओलाले रोनाल्डोलाई अनुबन्ध गर्ने प्रयास गरेका थिए । तर, पूर्व म्यानेजर सर एलेक्स फर्गुसनसँगको कुराकानीपछि आफूले सिटी छाडेर युनाइटेड आउने निर्णय गरेको रोनाल्डोले खुलाए ।
३७ वर्षीय खेलाडीले थपे, ‘तपाईंलाई थाहा छ म्यानचेस्टर युनाइटेडसँगको मेरो इतिहास, मेरो हृदय, तपाईंले अनुभव गरेको कुराले फरक पार्दछ, अनि पक्कै पनि सर एलेक्स फर्गुसन । मैले उहाँसँग कुरा गरेँ । उहाँले भन्नुभयो, ‘तिमी म्यानचेस्टर सिटी आउने कुरा असम्भव छ ।’ अनि भने ‘ओके बोस !’’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण