‘प्रेम गीत’ अभिनेता प्रदीपले मागे गगनलाई भोट
‘प्रेम गीत’ अभिनेता प्रदीप खड्काले गगन थापालाई भोट मागेका छन् । केही दिनअगाडि नवलपरासी पुगेर कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट मागेका खड्काले अहिले कांग्रेसबाट काठमाडौं क्षेत्र न ४ का उम्मेदवार बनेका गगन थापालाई भोट मागेका हुन् ।
गगनको चुनावी घरदैलोमै पुगेर प्रदीपले उनको पक्षमा भोट मागेका छन् । प्रदीपले घरदैलोमा पुगेर आफ्ना लागि भोट मागेको भिडियो गगनले सामाजिक संजालबाट शेयर गरेका छन् । भिडियोमा प्रदीपले गगनलाई भावी प्रधानमन्त्रीको रुपमा समेत चर्चा गरेका छन् । त्यस्तै वरिष्ठ साहित्यकार श्रवण मुकारुङले पनि गगनलाई भोट मागेका छन् । उनले भनेका छन्– ‘गगन थापालाई जिताउनु भनेको नेपाल र नेपालीको सपनालाई जिताउनु हो ।’
अभिनेता प्रदीपको पछिल्लो फिल्म ‘प्रेम गीत ३’ केही अगाडि प्रदर्शनमा आएको थियो । नेपाली र हिन्दी दुई भाषामा नेपाल र भारत रिलिज भएको यो फिल्मले व्यवसाय समेत राम्रो गर्न सफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण