चुनावका लागि ७ लाख मतदाताले उपत्यका छाड्दै, ५० प्रतिशत सवारी थपियो
आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन, २०७९ का लागि ७ लाख बढी मतदाताहरूले उपत्यका छाड्ने भएका छन् । निर्वाचनमा भोट हाल्नकै लागि विभिन्न जिल्ला तथा क्षेत्रबाट काठमाडौं आएका मतदाताहरू आ–आफ्नै क्षेत्रमा फर्किने भएका हुन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार शुक्रबारसम्ममा करिब ६ लाख यात्रुहरूले उपत्यका छाडेका छन् । दशैं–तिहार लगत्तै निर्वाचनको चहलपहल सुरु भएपनि कात्तिक २५ गतेदेखि मतदाताहरूले उपत्यका छाड्न थालेकोमा मंसिर ३ गतेसम्म यस्तो संख्या ७ लाख पुग्ने देखिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले रातोपाटीलाई जानकारी दिए ।
सिटौलाका अनुसार चुनावकै लागि विभिन्न पार्टीहरूले र व्यक्तिगत खर्चमा समेत गाडी रिजर्भ गरेर मतदाताहरूलाई जिल्ला जिल्लामा र स्थानीय निर्वाचन क्षेत्रमा लैजाने काम भइरहेको छ । जसका कारण पछिल्ला दिनहरुमा सरदर दैनिक सञ्चालन हुने गाडीहरूको तुलनामा ५० प्रतिशत बढीले माग बढेको र साहीअनुसार गाडीहरू सञ्चालन भइरहेको उनले बताए ।
खासगरी चुनावका लागि उपत्यका भित्रका भन्दा लामा रुटका गाडीहरूको प्रयोग बढी भइरहेको उनको भनाइ छ । चुनावमा प्रयोग भएको गाडीको एकिन तथ्याङ्क नभएपनि अधिकांश रुटका गाडी र निजी गाडीहरुको समेत प्रयोग भइरहेको उनको भनाइ छ ।
दैनिक ६० हजार यात्रु उपत्यका छाड्दै
उसो त चुनावकै मुखमा दैनिकजसो ६० हजार हारहारीमा यात्रुहरूले सडकमार्ग हुँदै उपत्यका छाडिरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । गत बुधबार एकैदिन ५८ हजार २९४ जना यात्रुहरूले उपत्यका छाडेकोमा बिहीबार ५५ हजार १४७ जना र शुक्रबार मात्र १ लाख हाराहारीमा यात्रुहरूले उपत्यका छाडेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले रातोपाटीलाई जानकारी दिए ।
शनिबार उपत्यका छाड्ने यात्रुहरू थप बढ्न सक्ने ट्राफिक प्रहरीको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण