प्रभुको प्रभाव : मेयरमा हारेका इन्जिनियर मन्त्रीकी छोरीलाई हराउँदै विजयी
रौतहट संसदीय निर्वाचन क्षेत्र ३ (क) बाट स्वतन्त्र उम्मेदवार केशवराय चौधरी निर्वाचित भएका छन् । प्रभु साहको साथ पाएका चौधरी एमाले जसपाकी पूजा चौधरीलाई २१२३ मतले उछिन्दै विजयी भएका हुन ।
इन्जिनियर पेसाबाट राजनीतिमा आएका ४४ वर्षीय केशवराय चौधरीले कुल १२ हजार २५५ मत प्राप्त गरेको क्षेत्र ३ का निर्वाचन अधिकृत मेघनाथ चापागाईंले बताएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी पूजा चौधरीले कुल १० हजार १२३ मत प्राप्त गरेकी थिइन्। पूजा पूर्वमन्त्री गोविन्द चौधरीकी छोरी हुन्। त्यसैगरी प्रदेशसभा (क) मा सत गठबन्धनका समर्थन पाएका एकीकृत समाजवादीका उम्मेदवार पूर्वप्रदेश राज्यमन्त्री नागेन्द्र यादव कूल ७ हजार ६२२ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।
गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा समाजवादीको टिकटबाट गुजराको मेयर चुनाव लडेका केशवराय पराजित भएका थिए । केही महिना अघि एमालेमा प्रवेश गरेका उनी एमाले परित्याग गरी प्रभु साहको साथमा स्वतन्त्रबाट प्रदेश सभाको निर्वाचनमा होमिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण