२० अर्बको ट्रेजरी बिल्सको सोझै खरिद बोलकबोल गर्दै राष्ट्र बैंक
बिहीबार, ०८ मङ्सिर २०७९, १२ : २१
नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्बको ट्रेजरी बिल्सको सोझै खरिद बोलकबोल गर्ने भएको छ । मंसिर ९ गते अर्थात् भोलि शुक्रबार बिक्री गर्ने गरी बैंकले आज दिउँसो २ बजे ट्रेजरीको सोझै बोलकबोल गर्ने भएको हो ।
बैंकका अनुसार २०७९ मंसिर ९ गते बिक्री हुने बिल्स आगामी चैत मसान्तसम्म अवधिको हुनेछ । इच्छुक काउण्टर पार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ भने न्यूनतम् ५ करोड रुपैयाँदेखि ५ करोडले भाग गर्दा निशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।
सोझै खरिद बोलकबोलको रकम बाँडफाँड भने बोलबमोजिमको वार्षिक प्रतिफल दर (यड रेट) गणना गरी सबभन्दा बढी प्रतिफल दर बोल गर्ने काउण्टर पार्टीलाई प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण