मनकामना केबलकार देशकै पहिलो डिजिटल केबलकार बन्ने
बिहीबार, ०८ मङ्सिर २०७९, १२ : २५
नेपालको पहिलो मनकामना केबलकार सञ्चालनको २५ वर्ष पुरा भएको छ । यो केबलकार २०५५ साल मङ्सिरदेखि सञ्चालनमा आएको हो ।
यसका सञ्चालक राजेशबाबु श्रेष्ठका अनुसार हालसम्म १ करोड ७० यात्रुले केबलकार प्रयोग गरेका छन् । कम्पनीले केबलकार रहेको चितवनको ईच्छाकामना गाउँपालिका र गोरखाको शहीद लखन गाउँपालिकामा प्रत्येकलाई कूल आम्दानीको १–१ प्रतिशत सामाजिक उत्तरदायित्व अनुसार शिक्षा, स्वास्थ्य, मण्ठमन्दिरको जीर्णोद्धारलगायत विकास निर्माणका कार्यमा खर्च गर्दै आएको छ ।
श्रेष्ठले अब मनकामना केबलकार लाई विद्यमान एनालग प्रविधिबाट डिजिटल प्रविधिमा स्तरोन्नति गर्ने काम भइरहेको पनि जानकारी दिएका छन् । उनले यो देशकै पहिलो डिजिटल केबलकार हुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण