३० वर्ष पहिले चिस्याइएको भ्रूणबाट जुम्ल्याहा सन्तान
अमेरिकामा ३० वर्षअघि फ्रिज गरिएको भ्रूणबाट जुम्ल्याहा शिशु जन्मिएका छन्। अमेरिकी राज्य टेनेसीमा ३० वर्षअघि चिस्याइएको भ्रूणबाट जुम्ल्याहा शिशु जन्माइएको हो । यसलाई अहिलेसम्म सबैभन्दा लामो समय भ्रूण चिस्याएर सफल रूपमा शिशुको जन्म भएको घटनाको रुपमा हेरिएको हो । सन् १९९२ को अक्टोबर १४ देखि भ्रूण चिस्याइएको थियो ।
ओरेगनकी रचेल रिजवेले ३१ अक्टोबरमा जुम्ल्याहा बच्चाहरूलाई जन्म दिएकी थिइन । जुम्ल्याहा सन्तानको नाम लिडिया र तिमोथी राखिएको छ । दाताले दिएको भ्रुणबाट जन्मिएको रिजवेको यो पहिलो बच्चा हो । उनका एकदेखि आठ वर्षका अन्य चार बच्चाहरू छन् । ‘म पाँच वर्षको थिएँ जब भगवानले लिडिया र तिमोथीलाई जीवन दिनुभयो । ’, फिलिप रिजवेले भने ।
शिशुको जन्मबाट आफू आश्चर्य चकित परेको रिजबेका पति फिलिप रिजबेले बताए । राष्ट्रिय भ्रुण दान केन्द्र (एनइडीसी)का दान गरिएको भ्रूणबाट शिशु जन्मिएका हुन् । सो संस्थामा दान दिइएको भ्रूणबाट अहिलेसम्म सयौँ शिशुको जन्म भइसकेको छ ।
यसअघि सोही केन्द्रमा २७ वर्षअघि चिस्याइएको भ्रूणबाट सन् २०२० को अक्टोबरमा एक बालिका जन्मिएकी थिइन् । उनको नाम मोली गिब्सन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण