शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

३० वर्ष पहिले चिस्याइएको भ्रूणबाट जुम्ल्याहा सन्तान

मङ्गलबार, १३ मङ्सिर २०७९, ०८ : २९
मङ्गलबार, १३ मङ्सिर २०७९

अमेरिकामा ३० वर्षअघि फ्रिज गरिएको भ्रूणबाट जुम्ल्याहा शिशु जन्मिएका छन्। अमेरिकी राज्य टेनेसीमा ३० वर्षअघि चिस्याइएको भ्रूणबाट जुम्ल्याहा शिशु जन्माइएको हो । यसलाई अहिलेसम्म सबैभन्दा लामो समय भ्रूण चिस्याएर सफल रूपमा शिशुको जन्म भएको घटनाको रुपमा हेरिएको हो ।  सन् १९९२ को अक्टोबर १४ देखि भ्रूण चिस्याइएको थियो ।

ओरेगनकी रचेल रिजवेले ३१ अक्टोबरमा जुम्ल्याहा बच्चाहरूलाई जन्म दिएकी थिइन । जुम्ल्याहा सन्तानको नाम लिडिया र तिमोथी राखिएको छ ।  दाताले दिएको भ्रुणबाट जन्मिएको रिजवेको यो पहिलो बच्चा हो । उनका एकदेखि आठ वर्षका अन्य चार बच्चाहरू छन् । ‘म पाँच वर्षको थिएँ जब भगवानले लिडिया र तिमोथीलाई जीवन दिनुभयो । ’,  फिलिप रिजवेले भने ।

शिशुको जन्मबाट आफू आश्चर्य चकित परेको रिजबेका पति फिलिप रिजबेले बताए । राष्ट्रिय भ्रुण दान केन्द्र (एनइडीसी)का दान गरिएको भ्रूणबाट शिशु जन्मिएका हुन् । सो संस्थामा दान दिइएको भ्रूणबाट अहिलेसम्म सयौँ शिशुको जन्म भइसकेको छ । 

यसअघि सोही केन्द्रमा २७ वर्षअघि चिस्याइएको भ्रूणबाट सन् २०२० को अक्टोबरमा एक बालिका जन्मिएकी थिइन् । उनको नाम मोली गिब्सन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप