चुनावी समीक्षाका लागि एकीकृत सामाजवादीले बोलायो सचिवालय बैठक
मङ्गलबार, १३ मङ्सिर २०७९, १० : ५७
चुनावी समीक्षाका लागि नेकपा एकीकृत सामाजवादीले सचिवालय बैठक बोलाएको छ ।
दिउँसो १२ बजेपछि बस्नेगरी बैठक बोलाएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार चुनावपछिको प्रारम्भिक समीक्षाका लागि बैठक बोलाइएको हो । ‘चुनावको समीक्षा र पार्टीको भावी कार्यक्रम लगा यतमा सामान्य छलफल सुरु हुन्छ’, पाण्डेको भनाइ छ ।
गठबन्धन गरेर निर्वाचन लडेको सो पार्टीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १० सिट जितेपनि थ्रेसहोल्ड कटाउन मुस्किल हुने देखिएको छ । साथै यसअघि चुनाव जित्ने निश्चित भएका भनिएका नेताहरु समेत पराजित बन्न पुगेका छन् । रामकुमारी झाँक्री, सोमप्रसाद पाण्डे, जगन्नाथ खतिवडा लगायतका नेताहरु पराजित भएकाले गठबन्धन इमान्दार नभएको कतिपय नेताहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण