प्रहरीमा ४ एआईजी पदमा बढुवा गर्न निर्वाचन आयोगको अनुमति
नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवाको तयारी गरिएको छ । प्रहरीमा ४ वटा एआईजी पद रिक्त छ । रिक्त पदमा बढुवाका गर्न गृह मन्त्रालयलाई निर्वाचन आयोगले अनुमति दिएको छ ।
गृह मन्त्रालयको आग्रह अनुसार आयोगले बढुवा गर्न अनुमित दिएको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए । मंसिर १९ सम्म निर्वाचन आचार संहिताका कारण आयोगको अनुमित बिना सरुवा र बढुवा गर्न मिल्दैन । आयोगले आवश्यकता अनुसार प्रहरी अधिकृतहरुको सरुवा गर्न पनि मन्त्रालयलाई अनुमति दिएको छ ।
२०७९ साउन २० मा एआईजी विश्वराज पोखरेल, भदौ २३ मा मुकुन्दराज आचार्य, कार्तिक १४ मा अरुण बि.सी र कार्तिक २४ मा रबिन्द्र बहादुर धानुकले अवकाश पाएका थिए । उनीहरुको अवकाशसँगै प्रहरीमा चार दरबन्दी रिक्त भएको छ ।
रिक्त ४ वटा एआईजी पदमा बढुवा हुन करिब एक दर्जन डिआईजी प्रतिस्पर्धामा छन् । मधेस प्रदेशका डिआईजी मसाउद अलम खाँ, लुम्बिनी प्रदेशका नल प्रसाद उपाध्याय र सुदुरपश्चिम प्रदेशका मोहन कुमार आचार्य मेरिट लिस्टमा अगाडि छन् । उनीहरु अहिलेका आईजीपी धिरज प्रताप सिंहसँगै २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका ब्याचमेट हुन् ।
२०७९ असारमा प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह र दिपक थापा प्रतिस्पर्धामा अगाडि छन् । बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत डिआईजी किरण बज्रचार्य, उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत मिरा चौधरी सहित सन्दिप भण्डारी, दुर्गा सिंह र किरण राणा पनि एआईजीका प्रतिस्पर्धी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
