डब्लूएचओले किन गर्यो मंकीपक्सको नाम परिवर्तन ?
मंकीपक्सको नाम बदलेर एमपक्स राख्ने तयारी गरिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सोमबार घोषणा गर्यो । विद्यमान नामबाट उत्पन्न हुने कलंकबाट बच्नको लागि डब्लूएचओले नाम परिवर्तन गर्न लागेको हो । सन् १९५८ मा डेनमार्कमा अनुसन्धानका लागि राखिएका बाँदरहरूमा यो भाइरस मूल रूपमा पहिचान भएको हुनाले मन्कीपक्स नाम दिइएको थियो । तर, यो रोग धेरै जनावर र प्रायः मुसाहरूमा पाइन्छ ।
लामो समयदेखि महामारी भएको अफ्रिकी देशबाहिर समलिंगी पुरुषमा मेको शुरुदेखि नै मंकीपक्सको संक्रमणमा वृद्धि भएको रिपोर्ट गरिएको छ। ‘ यो वर्षको सुरुमा मंकीपक्सको प्रकोप फैलिएपछि अनलाइनमा, अन्य सेटिङहरूमा र केही समुदायहरूमा जातीय र कलंकित भाषा देखियो र डब्लूएचओलाई रिपोर्ट गरियो’ संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीले एक विज्ञप्तिमा भनेको छ । यो रोग पहिलो पटक सन् १९७० मा प्रजातान्त्रिक गणतन्त्र कंगोमा मानिसमा फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण