मेस्सी भेट्ने नेम्वाङको चाहना अधुरै
फुटबल खेलसँगै अर्जेन्टिना र लियोनेल मेस्सीका फ्यान हुन् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ । उनी मेस्सीले खेल्ने हरेक खेल हेर्न छुटाउँदैनन् ।
उनी उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर–२ को मतगणना चलिरहँदा नेम्वाङ भने विश्वकपमा मेस्सीको खेल हेर्न व्यस्त थिए । राति विश्वकपमा मेस्सीको गोलमा अर्जेन्टिनाले मेक्सिकोलाई हरायो, बिहान नेम्वाङले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । चुनाव जितेपछिको पहिलो भाषणमा नेम्वाङले मेस्सी र आफूसँगै जितेकोमा खुसी व्यक्त गरेका थिए ।
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेता नेम्वाङ चुनावी चहलपहलकै बीचमा मंगलबार विश्वकप फुटबल हेर्न कतार जाने तयारीमा थिए । सोही तयारी अनुसार नेम्वाङ सोमबार इलामबाट काठमाडौँ पनि आए । तर काठमाडौँ ओर्लिएसँगै उनको कतार यात्रा रोकियो । कारण थियो, नेपालको तरल राजनीति ।
भर्खरै सकिएको आम निर्वाचन र त्यसको परिणामले कुनै पनि दललाई बहुमत दिएन । कुनै एक दलले बहुमत नपाएसँगै नयाँ सरकार कसले र कसरी बनाउने भन्ने अनिश्चित जस्तै छ । यही अनिश्चितताकाबीच नेकपा एमालेले पनि सरकारमा दाबी गर्ने तयारी गरेको छ । त्यसको संकेत नेम्वाङले रातोपाटीसँगको कुराकानीमा गरेका छन् ।
‘मलाई फुटबल खुब मनपर्छ । अहिले विश्वकप फुटबल कतारमा भइरहेको छ । त्यसमा अर्जेन्टिना र मेस्सीका कारण म आकर्षित हुने नै भएँ । त्यही भएर अर्जेन्टिना र मेस्सीको खेल हेर्न मंगलबार बेलुका कतार जाने मेरो कार्यक्रम थियो । तर देशको स्थिति र मैले तुरुन्तै फर्केर इलामका मतदाताहरुलाई धन्यवाद दिन जानुपर्ने भएकाले पूर्व निर्धारित कार्यक्रम रद्द गरे’, नेम्वाङले भने, ‘त्यही कारण यसपटक टेलिभिजनबाटै हेर्नेमा पुगेको छु ।’
विश्वकपमा समूह सी अन्तरगत पोल्याण्ड र अर्जेन्टिनाबीचको खेल बुधबार राति हुँदैछ । आजको खेलबाट अर्जेन्टिना नकआउट चरणमा प्रवेश गर्छ कि गर्दैन भन्ने टुंगो लाग्नेछ ।
नेम्वाङले पूर्व निर्धारित कार्यक्रम अनुसार मंगलबार आफू कतार गएको भए त्यहाँ मेस्सीलाई प्रत्यक्ष भेटघाट समेत हुने सम्भावना भएको सुनाए । तर त्यो सम्भावना अहिले टरेको उनको भनाई छ । ‘जहाँनेर मेरा लागि ठाउँ बुक भएको थियो, त्यहाँ मेसी पनि आउँने भन्ने थियो, तर म आफै नगएपछि च्याप्टर नै क्लोज भैगयो’, नेम्वाङको भनाइ छ ।
मेस्सी भेट्ने नेम्वाङको चाहना अधुरै pic.twitter.com/3xJ82RvYvI
— RatoPati (@Rato_pati) November 30, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ : जंगलबाट राजनीतिमा ल्याएको बिर्सिनु भयो
-
बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प
-
कांग्रेसले भन्यो– सभामुख पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत भए
-
राइटपाथले ललितपुरको कुमारीपाटीमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने
-
सामसङले नेपालमा ल्यायो ग्यालेक्सी एम १५ ५जी
-
राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष दाहाल