माओवादीका चार बागी प्रदेश सांसद तत्काल पार्टीमा नफर्किने
नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका चार जना प्रदेश सभा सांसद तत्काल पार्टीमा नफर्किने भएका छन् । पार्टी र सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका चारै जना स्वतन्त्र सांसदको रुपमा रहने बताएका हुन् ।
रुकुम पूर्वको प्रदेश सभा ‘क’ बाट निर्वाचित अजयशक्ति सरुल पुनमगर, रोल्पा प्रदेश सभा‘ख’बाट निर्वाचित दीपेन्द्र पुनमगर, पश्चिम नवलपरासी क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’बाट निर्वाचित खड्ग बस्नेत र सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा ‘क’बाट जबाहरलाल कुशवाह निर्वाचित भएका थिए । यसरी पार्टी र सत्ता गठबन्धनलाई समेत चुनौती दिँदै माओवादीका चार नेताले प्रदेश सभा सांसदमा जितेका हुन् ।
आफ्नो पुरानो पार्टीसहित सबै मतदाताले भोट दिएकाले तत्काल पार्टीमा नफर्किने नवलपरासी २ प्रदेश सभा ‘क’बाट निर्वाचित खड्ग बस्नेतले बताए । ‘मलाई मेरो पुरानो पार्टी र अरु पार्टीका समेत मतदाताले मत दिएर जिताएका छन् । अहिलै पुनः माओवादीमा फर्किने भन्ने हुँदैन । पछि परिस्थिति हेरेर कुन पार्टीमा बस्ने हो निर्णय गर्छौ’ बस्नेतले भने, ‘अरु स्वतन्त्र रुपमा जितेका प्रदेश सभा सदस्यहरु हुनुहुन्छ । उहाँहरुलाई समेत जोडेर शक्ति बनाउन सकिन्छ कि भन्ने सोचेका छौँ ।’
यस्तै रोल्पा प्रदेश सभा ‘ख’बाट निर्वाचित दीपेन्द्र पुनले देशैभर स्वतन्त्र रुपमा निर्वाचित प्रदेश सभा सदस्यहरुसँग कुरा भइरहेको बताए । सबै स्वतन्त्र जितेका सांसदहरु र मतदातासंग सल्लाह गरेर पार्टीमा फर्किने÷नफर्किने निर्णय गर्ने पुनले बताए । अहिलेकै अवस्थामा माओवादीमा फर्किने अवस्था नरहेको बताए । आफ्नो पुरानो पार्टीले समेत आफूलाई पार्टीमा भित्र्याउन कुनै पहल नगरेको पुनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण