बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नकआउटमा मेस्सीको पहिलो गोल, म्याराडोनालाई उछिने

आइतबार, १८ मङ्सिर २०७९, १० : ३७
आइतबार, १८ मङ्सिर २०७९

लियोनेल मेस्सीले अस्ट्रेलियाविरुद्ध अल रायान रङ्गशालामा खेलिएको अन्तिम १६ को खेलमा गोल गर्दै टोलीलाई क्वार्टरफाइनमा पुर्‍याएका छन् । रोचक कुरा, विश्वपकपको नकआउट चरणमा मेस्सीले गरेको यो पहिलो गोल हो ।

यसअघि मेस्सीले विश्वकपमा गरेका सबै आठ गोल समूह चरणका खेलहरूमा भएका थिए । योसँगै मेस्सीले डिएगो म्याराडोनालाई उछिन्दै विश्वकपमा अर्जेन्टिनाका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । उनीभन्दा अघि अब ग्याब्रियल बाटिस्टुटामात्र रहेका छन् । बाटिस्टुटाको प्रतियोगितामा १० गोल रहेको छ ।

आफ्नो क्लब र देशका लागि १ हजारौँ खेल पनि पुरा गरेका छन् । कतारमा जारी विश्वकपमा उनको ३ गोल गर्नुका साथै एउटा गोलको अवसर सिर्जना गरिसकेका छन् । देश र क्लबका लागि पछिल्ला ८ खेलमा १३ गोल गरेका मेस्सीले हालसम्म सिनियर करियरमा ७८९ गोल गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप