परम्परा र संस्कृति जोगाई राख्नु हाम्रो दायित्व हो : प्रदेश प्रमुख शर्मा
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालीहरुको परम्परा, भेषभुषा, चालचलन एवं चाडपर्व र संस्कृतिमा विविधता रहेको उल्लेख गर्दै यही विविधताभित्र दरिलो एकता तथा सामाजिक सहिष्णुता विश्वसामु हाम्रो पहिचान बनेको बताएका छन् ।
बिहीबार मनाइँदै गरिएको किराँत समुदायको महत्वपूर्ण पर्व उधौलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रमुख शर्माले हामीले गर्वबोध गर्न सक्नुपर्ने भन्दै नेपालमा मनाइने सबै पर्वहरुले नेपालीलाई समेट्ने काम गरेको बताए ।
‘हाम्रा सबै भाषा तथा चाडपर्वहरु राष्ट्रिय हुन् । यस सन्दर्भमा हाम्रो देशका किराँत समुदायहरुले मनाउने उधौली पर्व पनि हाम्रा पर्वहरु मध्येको एउटा महान् चाड हो ।’ उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ । उधौली पर्वको हाम्रो जीवनमा विशिष्ट महत्व रहेको सन्दर्भ समेत प्रमुख शर्माको उनको भनाइ छ ।
‘नेपाली जीवनको आधारस्तम्भ कृषि एवं पशुपालनबाट विकसित हुँदै आएको हो । एकातिर पशुहरु लेकाली इलाकाको खर्कबाट गाउँवेशी झरेको र अर्कातिर अन्नबाली भित्राएको खुशीयालीमा मनाइने यो पर्वको हाम्रो जीवनमा विशिष्ट महत्व छ ।’ शुभकामना सन्देशमा भनिएको छ,‘यसलाई हाम्रो गौरवमय परम्परा र उच्च सांस्कृतिक धरोहरका रुपमा जोगाई राख्नु हाम्रो दायित्व पनि हो ।’
प्रमुख शर्माले उधौली पर्वले हामी नेपालीबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकता सुदृढ गर्न प्रेरित गर्नेछ भन्ने विश्वास समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण