सशस्त्रका एसएसपी श्रेष्ठ शान्ति मिसनको पी–४ तहमा छनोट
सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ संयुक्त राष्ट्रसंघको पी–४ तहमा छनोट भएका छन् । राष्ट्रसंघको दक्षिण सुडानमा सञ्चालित शान्ति मिसनको प्रोटेक्सन अफ सिभिलियन साइट कोअर्डिनेटर (पी –४ तह) मा श्रेष्ठ छनोट भएका हुन् ।
सशस्त्र प्रहरी बल स्थापना भएपछिको पहिलो ब्याच सिसम–१ का सर्वोत्कृष्ट श्रेष्ठले संयुक्त राष्ट्रसंघबाट आह्वान गरिएको ग्लोबल भ्याकेन्सीमा खुल्ला प्रतिस्पर्धाबाट नाम निकाल्न सफल भएका छन् । श्रेष्ठ अहिले पोखरास्थित सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका समादेशकको रुपमा कार्यरत छन् ।
राष्ट्रसंघले लिएको परीक्षामा उत्कृष्ट भएका श्रेष्ठ सिसम–१ बाट पि–४ लेभलमा छनोट हुने पहिलो अधिकृत हुन् । सशस्त्र प्रहरी स्थापना हुँदा प्रहरीबाट गएका शैलेन्द्र खनाल यसअघि सो तहमा छनोट भएका थिए । नेपाल प्रहरीबाट सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीले पी–४ लेभलमा छनोट भएर काम गरेका छन् । नेपाली सेनाबाट सशस्त्रमा गएका सिपी गौतम पनि यसअघि पी–४ तहमा छनोट भएका थिए ।
राष्ट्रसंघको साउथ सुडान मिसनमा रिक्त पिओसी कोअर्डिनेटर पदमा सेप्टेम्बर २०२२ मा संयुक्त राष्ट्रसंघ प्रहरी डिभिजनबाट विज्ञापन गरिएको थियो । सो पदमा नेपालको तर्फबाट एसएसपी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । राष्ट्रसंघको साउथ सुडान शान्ति मिसनमा सो तहमा अहिलेसम्म नेपाली अधिकृतहरू छनोट भएका थिएनन् । नेपालबाट थोरै अधिकृतहरुले मात्र राष्ट्रसंघको माथिल्लो तहमा रहि काम गर्ने अवसर पाएका छन् ।
पी–४ तहमा छनोट भएका श्रेष्ठले यसअघि साउथ सुडान मिसनमा १ वर्ष एफपीयु कमाण्डरको रुपमा काम गरिसकेका छन् । उनले शान्ति स्थापना मिसन लाइबेरिया र राष्ट्रसंघको सहयोग मिशन इराकमा नेपालको प्रतिनिधित्व गरेर काम गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण