शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्री नातालिए हटचिनसद्वारा मेलबर्नमा महिला संघर्ष र सफलता विषयमा केन्द्रित पुस्तक विमोचन

बुधबार, २८ मङ्सिर २०७९, ०७ : ०४
बुधबार, २८ मङ्सिर २०७९

दिदी-बहिनी समाज भिक्टोरियाले नेपालबाट अस्ट्रेलिया आएर भोग्न परेका समस्या, संघर्ष र सफलतालाई समेटेर लेखिएका प्रेरणादायी ३९ महिलाका कथाहरूलाई समावेश गरिएको ‘Nepalese Women’s Tales of Resilience’ पुस्तक अस्ट्रेलियाको भिक्टोरिया राज्यको महिला तथा शिक्षा मन्त्री नातालिए हटचिनसद्वारा विमोचन गरिएको छ । 

सो क्रममा मन्तव्य दिँदै कार्यक्रमका प्रमुख अतिथि मन्त्री हटचिनसले यो पुस्तक धेरै महिलाहरूका लागि प्रेरणाको श्रोत बन्ने कुरामा सन्देह नरहेको बताइन ।

भिक्टोरिया बहु सांस्कृतिक आयोगका अध्यक्ष भिभियन न्ङुयन, सांसद काथलिन म्याथ्युज, काउन्सिलरहरु सु बोल्टन, मार्क रिले, मोनिका हार्ट, अजी आक्सन अब्रोडका प्रमुख कार्यकारी अधिकृत ग्राएम केन्ट, एनसिएलसीका प्रमुख कार्यकारी अधिकृत जेनी स्मिथ, ब्याङसिया गार्डेनका प्रमुख कार्यकारी अधिकृत जिना डगल, युनाइटिङ चर्चका क्याथरिन स्मिड्ट, रेफ्युजी कम्युनिटी एसोसियसन अस्ट्रेलियाका अध्यक्ष परसुराम शर्मा लुइंटेल आदिको उपस्थिती रहेको उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष डा जमुना पराजुलीद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको थियो ।

कार्यक्रममा संस्था स्थापना भएको दश वर्षको समयावधिमा संस्थाले घरेलु हिंसा क्षेत्रमा गरेका कार्यक्रम र उपलब्धिको विषयमा भिडियो प्रदर्शन गरिएको थियो । संस्थाले घरेलु हिंसा सम्बन्धमा दुई लघु चलचित्र समेत निर्माण गरिसकेको छ भने तीज मनाउने क्रममा रकम संकलन गरी उठेको रकम नियमित रुपमा यौन-घरेलु हिंसामा परेका महिलाहरूको सहयोगको लागि उपयोग गर्ने गरी सामाजिक कार्यलाई प्रबर्द्धन गर्ने सिग्नेचर पर्वको रुपमा समेत मनाउने गरेर अहिलेसम्म नेपालमा त्यस क्षेत्रमा कृयाशिल 'आवाज' मार्फत २२,००० डलर पठाइ ११० भन्दा बढीलाई सहयोग गरिसकेको छ ।

पुस्तकको संपादन रामकुमार श्रेष्ठ, टिना लिन्डन, रोशन भन्डारी र कभर डिजाइन सोपान प्रेस प्रा. लि. द्वारा गरिएको थियो भने लुक ह्यारिसद्धारा पुस्तक प्रकाशनको सम्पूर्ण प्रकृयाको संयोजनकारी भूमिका निर्वाह गरिएको थियो ।
 
अनिता भण्डारी र अन्जना नेपालद्वारा सञ्चालित उक्त कार्यक्रमको प्राविधिक पक्षको जिम्मेवारी अनुज नेपालले सम्हालेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप