प्रशिक्षणका लागि रियल मड्रिड फर्किए रोनाल्डो
म्यानचेस्टर युनाइटेड छाडेका क्रिस्टियानो रोनाल्डो प्रशिक्षणका लागि पूर्व क्लब रियल मड्रिडको भाल्डेबेबास ट्रेनिङ बेसमा पुगेका छन् ।
विश्वकपको सुरुवातमा रोनाल्डो र युनाइटेडबीच आपसी समझदारीमा क्लब छाड्ने सहमति भएको थियो । ३७ वर्षीय खेलाडी अब कर्ता जान्छन् भन्ने विभिन्न आङ्कलनहरू भइरहेका छन् । धेरैले उनी साउदी अरेबियाको क्लब अल नासर जाने बताइरहेका छन् । त्यसअघि भने रोनाल्डो रियलको भाल्डेबेबास कम्प्लेक्समा प्रशिक्षणमा व्यस्त रहने गोलडटकमले जनाएको छ ।
पियर्स मोर्गनसँगको अन्तरवार्तामा रोनाल्डोले युनाइटेड र प्रशिक्षक टेन हागको खुलेर आलोचना गरेका थिए । पाँचपटकका बालोन डि’ओर विजेता खेलाडी टोटनहम हटस्पर्सविरुद्धको खेलमा मैदानमा प्रवेश गर्न अस्वीकार गरेका थिए । उनलाई टोलीबाट हटाउनुका साथै जरिवाना गराइएको थियो ।
३७ वर्षीय खेलाडी र टेन हागबीच विवाद भएको यो पहिलो अवसर भने थिएन । रायो भायोकानोविरुद्धको प्रिसिजन खेलमा पनि उनले चाँडै नै ओल्ड ट्राफोड छाडेका थिए ।
विश्वकपबाट पोर्चुगल बाहिरिएपछि उनले अल–नासरसँग अनुबन्ध हुने अपेक्षा गरिएको छ । हाललाई भने उनले रियलमा प्रशिक्षण जारी राख्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण