प्रशिक्षणका लागि रियल मड्रिड फर्किए रोनाल्डो

म्यानचेस्टर युनाइटेड छाडेका क्रिस्टियानो रोनाल्डो प्रशिक्षणका लागि पूर्व क्लब रियल मड्रिडको भाल्डेबेबास ट्रेनिङ बेसमा पुगेका छन् ।
विश्वकपको सुरुवातमा रोनाल्डो र युनाइटेडबीच आपसी समझदारीमा क्लब छाड्ने सहमति भएको थियो । ३७ वर्षीय खेलाडी अब कर्ता जान्छन् भन्ने विभिन्न आङ्कलनहरू भइरहेका छन् । धेरैले उनी साउदी अरेबियाको क्लब अल नासर जाने बताइरहेका छन् । त्यसअघि भने रोनाल्डो रियलको भाल्डेबेबास कम्प्लेक्समा प्रशिक्षणमा व्यस्त रहने गोलडटकमले जनाएको छ ।
पियर्स मोर्गनसँगको अन्तरवार्तामा रोनाल्डोले युनाइटेड र प्रशिक्षक टेन हागको खुलेर आलोचना गरेका थिए । पाँचपटकका बालोन डि’ओर विजेता खेलाडी टोटनहम हटस्पर्सविरुद्धको खेलमा मैदानमा प्रवेश गर्न अस्वीकार गरेका थिए । उनलाई टोलीबाट हटाउनुका साथै जरिवाना गराइएको थियो ।
३७ वर्षीय खेलाडी र टेन हागबीच विवाद भएको यो पहिलो अवसर भने थिएन । रायो भायोकानोविरुद्धको प्रिसिजन खेलमा पनि उनले चाँडै नै ओल्ड ट्राफोड छाडेका थिए ।
विश्वकपबाट पोर्चुगल बाहिरिएपछि उनले अल–नासरसँग अनुबन्ध हुने अपेक्षा गरिएको छ । हाललाई भने उनले रियलमा प्रशिक्षण जारी राख्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आसेपासे पूँजीवादसँग मेरो चिनजान छैन : प्रधानमन्त्री
-
लाराले भने, ‘विराटले अहिले नै टेस्ट क्रिकेटबाट संन्यास लिन हुँदैन’
-
भ्रष्टाचारको मुहान बन्द गर्न कार्यकारी निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक : प्रचण्ड
-
किन गरिँदैछ सलमानलाई बहिष्कार गर्न माग ?
-
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट : डीएभी सुशिल केडिया फाइनलमा प्रवेश
-
७२ औँ मिस वर्ल्ड हैदराबादमा सुरु, नेपालको प्रतिनिधित्व गर्दै सृच्छा (तस्बिरहरू)