पाकिस्तानी विदेशमन्त्रीले मोदीलाई 'गुजरातको कसाइ' भनेपछि हङ्गामा
भारतले पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टोले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको व्यक्तिगत आक्रमणको निन्दा गरेको छ । संयुक्त राष्ट्र संघमा बिलावल भुट्टोको मोदी लक्षित टिप्पणीको निन्दा गर्दै नयाँ दिल्लीले पाकिस्तानसँग भारतलाई आक्षेप लगाउने प्रमाणको अभाव रेको भन्दै ‘मेक इन पाकिस्तान आतंकवाद’ रोक्नुपर्ने बताएको छ ।
मोदीप्रति टिप्पणी गर्दै बिलावल भुट्टोले भनेका थिए, ‘ओसामा बिन लादेन मरेका छन्, तर गुजरातको कसाई जीवित छन् र उनी भारतका प्रधानमन्त्री हुन । ’
‘यी टिप्पणीहरू पाकिस्तानका लागि पनि नयाँ न्यून हो । पाकिस्तानका विदेशमन्त्रीले स्पष्ट रूपमा सन् १९७१ मा यो दिन बिर्सेका छन्, जुन पाकिस्तानी शासकहरूले जातीय बंगाली र हिन्दूहरुविरुद्ध गरेको नरसंहारको प्रत्यक्ष परिणाम थियो, भारतीय विदेशमन्त्रालयले मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । पाकिस्तानले आफ्ना अल्पसंख्यकहरुको व्यवहारमा धेरै परिवर्तन नगरेको पनि भारतले आरोप लगाएको छ ।
बिलाबालको अभिव्यक्तिलाई लिएर भारतका अन्य मन्त्रीहरुले पनि विरोध जनाएका छन् । केन्द्रीय मन्त्रीहरूले बिलावाललाई ‘मानसिक रूपमा भ्रष्ट र गैरजिम्मेवार’ भनेका छन् ।
केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले टिप्पणीलाई “नराम्रो र लाजमर्दो“ भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण