कोभिड संक्रमण बढेपछि सांघाइमा फेरि अनलाइन कक्षा सुरु
कोभिड केसहरू बढ्दै गएपछि चीनको सबैभन्दा ठूलो सहर सांघाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन आदेश दिएको छ । सांघाईको शिक्षा ब्युरोका अनुसार सोमबारदेखि नर्सरी र बाल हेरचाह केन्द्रहरू पनि बन्द हुनेछन् ।
शून्य–कोभिड रणनीतिप्रति चौतर्फी आक्रोश बढेपछि सरकारले यसै महिनाको सुरुमा प्रतिबन्धहरू सहज बनाएको थियो । प्रतिबन्ध खुकुलो बनाएसँगै कोभिड संक्रमणका घटनाहरु दिनहुँ बढिरहेका छन् ।
प्रतिबन्ध सहज बनाएपछि पहिलो पटक मृत्युको रिपोर्ट गरिएको छ । शनिबार कोभिडका कारण दुई पूर्वपत्रकारको मृत्यु भएको सार्वजनिक भएको थियो । पिपुल्स डेलीका पूर्वरिपोर्टर याङ लिआङ्हुआको डिसेम्बर १५ मा ७४ वर्षको उमेरमा मृत्यु भएको थियो भने चाइना युथ डेलीका पूर्वसम्पादक झोउ झिचुनको ७७ वर्षको उमेरमा डिसेम्बर ८ मा निधन भएको वित्तीय पत्रिका काइक्सिनले जनाएको छ।
चीनको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले डिसेम्बर ७ मा महामारी नियन्त्रण नीतिहरू खारेज गरेपछि कुनै आधिकारिक कोभिड मृत्यु रिपोर्ट गरेको छैन। अन्तिम आधिकारिक मृत्यु डिसेम्बर ३ मा सान्डोङ र सिचुआन प्रान्तहरूमा रिपोर्ट गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण