शेखर कोइराला ‘कम्पिटिटर’ भन्दा माथि उठेर लिडर बन्नुभयो : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता शेखर कोइरालाले अर्का महामन्त्री गगन थापालाई नेपाली कांग्रेस संसदीय दलको उम्मेदवार प्रस्ताव गरेर नेतृत्वदायी भूमिका खेलेकोमा प्रशंसा गरेका छन् । बुधबार बिहान सिंहदरबारमा जारी संसदीय दलको नेता छान्न भएको निर्वाचनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले कोइराला अब ‘कम्पिटिटर’ भन्दा माथि उठेर ‘लिडर’ बनेको बताएका हुन् ।
शर्माले भने, ‘मैले शेखर कोइरालासँग अहिलेको बेलामा गगन थापालाई संसदीय दलको नेताको रूपमा सार्न उपयुक्त हुन्छ भनेँ । साँच्चै भन्दा ‘कम्पिटिटर बन्ने कि लिडर बन्ने भन्ने कुरामा उहाँले लिडर बन्न छान्नुभयो । कम्पिटिटर बन्न सजिलो थियो, लिडर बन्न सजिलो थिएन । म लड्छु भाइ भन्नुको साटो मेरो उम्मेदवार अर्को बन्छ भनेर उहाँ कम्पिटिटरभन्दा माथि उठेर लिडर बन्नु भयो ।’
शर्माले कांग्रेसको संसदीय दलको नेताको विषय र भोलि पार्टीको सभापति बन्ने विषय बिलकुलै अलग विषय भएको पनि स्पष्ट पारे । आगामी महाधिवेशनमा को सभापति बन्छ भन्ने कुराको बारेमा अहिले चर्चा गर्नु हतारो हुने उनको भनाई थियो । थापालाई संसदीय दलको नेताको उम्मेदवारको रूपमा अघि सार्दै गर्दा कोइराला र थापाबीच कोइरालालाई आगामी महाधिवेशनमा सभापति पदका लागि सघाउने सहमति भएको भन्ने चर्चा छ ।
शर्माले भने, ‘तपाईं यात्रा गर्दै जाँदा अगाडि खोला आयो भने एउटाले अर्कोलाई हात दिएर त्यसलाई तर्दै गर्दा डाँडा कसरी उक्लने भनेर छलफल गर्नुहुँदैन । त्यहाँ खोला कसरी तर्ने भन्ने नै सल्लाह दिनुपर्छ । पहिले खोला त तर्न दिनुहोस् । खोला तरेर डाँडाको उकालो आएपछि खोला कसरी तरियो भनेर गफ गर्न थालियो भने डाँडा चढ्न सकिन्न । खोला तर्ने बेला खोलैको कुरा, डाँडा चढ्ने बेला डाँडैको कुरा । अहिले संसदीय दलको नेताको चर्चा छ, अहिले त्यसैमा जाने । महाधिवेशनका लागि धेरै समय बाँकी छ । समयभन्दा अघि कुनै पनि विषयमा धेरै चर्चा गर्न राम्रो हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण