बुटवलका तेस्रोलिंगी महिलाले दिए होटल व्यवसायीलाई धम्की
बुटवल क्षेत्रका विभिन्न सार्वजनिक स्थलहरुमा तेसोलिंगी महिलाको समूहले पैदलयात्रीलाई यौनजन्य इसारा गरेर हैरान बनाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेपछि तेस्रोलिंगी महिलाले होटल व्यवसायीलाई समेत चेतावनी दिएका छन् । होटल व्यवसायीहरुले दिएको सूचनाको आधारमा तेस्रोलिंगी महिलाहरु पक्राउ परेको भन्दै उनीहरुले पत्रकार सम्मेलन नै गरेर व्यवसायीलाई चेतावनी दिएका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले गत आइतबार ७ जना तेस्रोलिंगी महिलालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरु १८ देखि ५० बर्ष उमेरका छन । ती महिला पक्राउ परेपछि उनीहरुले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरेर होटल व्यवसायीलाई धम्क्याएका छन् ।
होटल ब्यवसायीले अंग्रेजी नयाँ बर्षको अवसर पारेर पुस १५, १६ र १७ गते बुटवलमा आयोजना गरेको खाना महोत्सवलाई बिथोल्ने चेतावनी उनीहरुले दिएका छन् । खाना महोत्सवलाई असफल बनाउन देशभरका तेस्रोलिंगी बुटवलमा बोलाउने चेतावनी उनीहरुले दिए ।
पत्रकार सम्मेलनमा रेसम न्यौपाने, अवन्तिका घर्ती, अनु अनमोल लगायतले समाजले फरक दृष्टिकोणले हेर्ने समुदायलाई प्रहरीले समेत अन्याय गरेको बताए । उनीहरुले स्थानीयबासी र होटल व्यवसायीको उजुरीपछि तेस्रोलिंगी महिला पक्राउ परेको र पक्राउ परेका महिलालाई प्रहरीले यातना समेत दिने गरेको भन्दै विरोध जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निहारिका गेटमै धर्ना बसेपछि सिंहदरबारमा जे देखियो, तस्बिरहरू
-
प्रधानमन्त्री बालेनद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन
-
फुटबलको महासङ्ग्राम : इंग्ल्याण्ड-अर्जेन्टिना दुश्मनीको कथा कहाँबाट सुरु भयो ?
-
२५ वर्षे विकासको मार्गचित्र कोर्न योजना आयोगले ‘भिजन २०५०’ को अवधारणामा काम सुरु गर्ने
-
मागेको जुत्ताले १३ गोलको कीर्तिमान : जसले 'गोल्डेन बुट' होइन 'एयर राइफल' पाए
-
सभामुखले विपक्षी दलहरूको नाडी छाम्ने काम नगरून् : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण