सल्यानमा बस दुर्घटना हुँदा ७ जना घाइते
सल्यानमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइते हुनेमा सल्यान छत्रेश्वरी गाउँपालिका–१ को वर्ष ३८ को भद्रा बीर खत्री, वर्ष ७७ की चम्फा देवी शर्मा, शारदा नगरपालिका–६ को मदनकाडाका ३० वर्षीय खुमलाल केसी,
सोही वडाको स्यालपानीका १९ वर्षीय प्रवेश बोहोरा, त्रिवेणी गाउँपालिका–६ लुहामका ५१ बर्षीय मायादेवी नेपाली, ४० वर्षीय टिका नेपाली घाइते भएका छन् । उनीहरू धेरै जनाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको हो । यस्तै बसका मालिक छत्रेश्वरी गाउँपालिका–२ दहखोलाका ३७ वर्षीय चिरञ्जिबी खड्काको ढाडमा चोट लागेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
गाडी गएराती ११ बजेतिरस ल्यान सिद्धकुमाख गाउँपालिका– १ पटारे स्थित राप्ती राजमार्गमा दुर्घटना भएको हो । शारदा यातायात प्रालिको ना.८ ख. २५३ नम्बरको बस सल्यान दमाचौर बाटदाङतर्फ जाँदै थियो । बस अनियन्त्रित भई सडकदेखि १० मिटर तल खेतमा खसेको छ । ३९ जना सवारमध्ये चार जना घाइते भएको र बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको सल्यान श्रीनगरमा स्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
-
अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण