शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

जुम्ली भेषभुषामा दुई सांसद, खस भाषामा शपथ

बिहीबार, ०७ पुस २०७९, १८ : १७
बिहीबार, ०७ पुस २०७९

प्रतिनिधि सभामा जुम्लाबाट एक जना प्रत्यक्ष र तीन जना सांसद समानुपातिकमा छन् । प्रत्यक्षमा राप्रपाका ज्ञानेन्द्र शाही, समानुपातिकतर्फ माओवादीका छिरिङ ल्यामु लामा, काँग्रेसका कान्तिका सेजुवाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विनिता कठायत निर्वाचित भएका हुन् । 

बिहीबार नयाँ बानेश्वरस्थित संसद भवनमा जुम्लाकी दुई समानुपातिक सांसदले जुम्ली भेषभुषामा सजिएर शपथ लिएका छन्। सांसद सेजुवाल र कठायतले जुम्ली भेषभुषामा सजिएर शपथ लिएका हुन् । पछिल्लो समय  जुम्ली भेषभुषा हराउँदै गएको अवस्थामा उनीहरुले शपथका क्रममा यो पोशाक प्रयोग गरेका हुन् । 

सेजुवाल चन्दननाथ नगरपालिकाकी पूर्व मेयरसमेत हुन् । उनले जुम्लाको सिंजा उपत्यका उत्पादन भएको खस भाषामा शपथ लिएकी छन् । यसअघि कुनै पनि सांसदले खस भाषामा सपथ लिएका थिएनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप