बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

साधना लघुवित्त वित्तीय संस्थाको लाभांश वितरण

शुक्रबार, ०८ पुस २०७९, १२ : ०१
शुक्रबार, ०८ पुस २०७९

साधना लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । 

असार मसान्तमा कायम चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने रकम ६ करोड १० लाख ३२ हजार ८४५ रूपैयाँ बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ । 

कर प्रयोजनका लागि १ हुन आउने रकम ३२ लाख १२ हजार २५५ रूपैयाँ नगद लाभांश पनि दिने भएको छ । यस संस्थाले अघिल्लो वर्ष भने २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेपाल राष्ट्र बैंक र साधनाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप