साधना लघुवित्त वित्तीय संस्थाको लाभांश वितरण
शुक्रबार, ०८ पुस २०७९, १२ : ०१
साधना लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
असार मसान्तमा कायम चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने रकम ६ करोड १० लाख ३२ हजार ८४५ रूपैयाँ बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ ।
कर प्रयोजनका लागि १ हुन आउने रकम ३२ लाख १२ हजार २५५ रूपैयाँ नगद लाभांश पनि दिने भएको छ । यस संस्थाले अघिल्लो वर्ष भने २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
नेपाल राष्ट्र बैंक र साधनाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण