बालुवाटारमा कांग्रेस र खुमलटारमा माओवादी नेताहरु छलफलमा

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदै छ । आज साँझ पाँच बजेसम्म सहमतिलाई अन्तिम रुप दिनुपर्ने बाध्यतामा रहेको पाँचदलीय सत्तागठबन्धन दलहरूले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरी विभिन्न प्रयासमा जुटिरहेका छन् ।
बालुवाटार नेपाली कांग्रेसका शीर्ष नेताहरु र खुमलटारमा माओवादी केन्द्रका शीर्ष नेताहरु गठबन्धनमा प्रस्तुत हुने रणनीति तय गर्न छलफलमा जुटेका छन् । दुबै पार्टीका नेताहरुको छलफल सकिएसँगै गठबन्धनको बैठक बस्ने तयारी छ ।
गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गर्नका लागि पहल गर्ने रणनीतिमा छ । यता माओवादी केन्द्र पनि पहिलो कार्यकालका लागि सरकारको नेतृत्व आफ्नै दलले पाउनुपर्ने अडानमा छ ।
निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।
हालै सम्पन्न निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका दुई सय ७५ सिटमध्ये कांग्रेस ८९, नेकपा एमाले ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी नेपाल १२, नेकपा (एकीकृत समाजवादी) १०, जनमत पार्टी छ, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी एक–एक स्थानमा तथा पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्जाको माग बढाउने गरी मौद्रिक नीति आउनुपर्छ : श्रेष्ठ
-
हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने
-
बहुदरमाई नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत र सुब्बा अख्तियारको नियन्त्रणमा
-
...त्यसपछि खुल्यो गण्डकी प्रदेशसभाको संसद् अवरोध
-
बजेट पैतृक सम्पत्तिजस्तो गरी वितरण गरियाे : प्रभु साह
-
युद्धले रोकिएका केयर–गिभरलाई इजरायलले अवस्था सहज भएपछि भिसा दिने