एमाले कर्णालीमा दलको नेता को ?
नेकपा एमाले कर्णाली प्रदेश, संसदीय दलको नेताका लागि तीव्र लविङ सुरु भएको छ । प्रदेश सभामा १० सांसद रहेको एमालेको संसदीय दलको नेता चयन हुन कम्तिमा ६ जनाको समर्थन आवश्यक पर्छ ।
यसरी हेर्दा दलको नेता बन्न प्रयास गर्ने एमाले प्रदेश इन्चार्ज यामलाल कँडेलको पक्षमा हालसम्म चार जना सांसद खुलेका छन् भने एमाले प्रदेश अध्यक्ष विनोद शाहको पक्षमा ६ जना सांसद खुलेका छन् ।
‘हालसम्म दलको नेता बन्न दुवै जनाले तीव्र आकाङ्क्षा देखाएका छन् । शाह निकटका एक सांसदले भने, ‘त्यस्तो हुँदा ६ जना अहिले नै शाहको पक्षमा खुलिसकेका छौं । चार जना उहाँको पक्षमा खुल्नु भएको छ । बहुमत ल्याउन ६ जना भए पुग्ने भएका कारण बहुमत अध्यक्ष शाहको पक्षमा देखिएको छ । उसो त दलको नेता बन्ने लाईनमा ‘क्लियर’ देखिएका शाहले हालसम्म दलको नेता बन्ने घोषणा गरेका छैनन् तर उनको लविङ दलका नेता केन्द्रित नै देखिएको छ ।
चुनावमा मुख्यमन्त्रीका दावेदार भने प्रचारित शाह र कंडेल दुवैबिच दलको नेता बन्नु प्रतिष्ठाको विषय बनेको हो । पुस ११ गते कर्णाली प्रदेशससभा सदस्यको सपथ रहेको छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण