शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णालीमा राप्रपा : केन्द्रले मानेको खण्डमा एउटा मन्त्रालयमा दाबी रहन्छ

सोमबार, ११ पुस २०७९, १७ : १८
सोमबार, ११ पुस २०७९

कर्णाली प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समानुपातिकमा १ सिट रहेको  छ । केन्द्रमा राप्रपाले समर्थन जनाएसँगै प्रदेशमा आफ्नो स्पेस खोज्ने देखिएको छ । 

राप्रपाकी सांसद सन्तोषी शाही ठकुरीले अहिलेसम्म केन्द्रबाट त्यस्तो कुनै निर्णय नआएकाले सरकारमा जाने–नजाने कुरामा कुनै सल्लाह नभएको बताइन् । उनले भनिन,‘ परी आएको खण्डमा कुनै एक मन्त्रालयको नेतृत्व लिने आँट नभएको होइन, तर पार्टी केन्द्रबाट के सर्कुलर आउँछ सोही अनुसार अघि बढ्छु ।’ 

शाहीले यदि राप्रपा केन्द्रले मानेको खण्डमा एउटा मन्त्रालयमा स्वभाविक रुपमा दाबी रहने बताइन् । साथै उनले संसदमा आफ्नो भूमिका भनेको युवाहरूको प्रतिनिधित्वका रुपमा रहने बताइन् । उनले भने,‘ संसदमा विशेष गरी युवा वर्गहरुको रोजगारी, शिक्षा र विकास निर्माणका सन्दर्भमा बढी भूमिका रहने छ । अहिले चाहिएको भनेको सबैलाई विकास र परिवर्तन हो ।’ 

साथै शाहीले राप्रपाले लिएको एजेण्डामा आफू कटिबद्ध रहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप