जुम्लाका १० जना जेष्ठ नागरिक सम्मानित
जुम्लामा दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। दुई जनालाई कम्बल र ८ जनालाई नेपाली ढाका टोपी लगाई सम्मान गरिएको ज्येष्ठ नागरिक संघ जुम्लाका कार्यवाहक अध्यक्ष तुलाराम न्यौपानेले बताए। ८१ वर्षकी यगोमाया चौलागाई र ८१ वर्षका गौरीशंकर न्यौपानेलाई कम्बल दिई सम्मान गरिएको छ।
जंगबहादुर शाही र प्रयागत्त शाही लगायत ८ जनालाई नेपाली ढाका टोपी लगाइ सम्मान गरिएको कार्यवाहक अध्यक्ष न्यौपानेले जनाए । ज्येष्ठ नागरिकको सम्मान तथा अधिकारको रक्षाका लागि यो दिवस मनाउन थालिएको हो ।
नेपालमा ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने घोषणा गरिएको दिनको अवसर पारी हरेक वर्ष पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाउने नेपाल सरकारको निर्णय बमोजिम यस वर्षदेखि ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ मनाउन लागिएको हो ।
‘हामी सबैको सरोकार : जेष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो । चन्दननाथ नगरपालिका ५ का वडा अध्यक्ष वृर्खबहादुर कार्कीले जेष्ठ नागरिकलाई खाजास्वरुप २० हजार र ६ का रवि थापाले ३० हजारले दिने प्रतिबद्धता जनाए। प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले सरकारले जेष्ठ नागरिकलाई सम्मान र स्वास्थ्य स्याहारसुसार गर्न सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको जनाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण