बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?
मङ्गलबार, १२ पुस २०७९, ११ : ३४
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २०० रूपैयाँले बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै सुनको मूल्य बढेको जानकारी दिएको हो ।
हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० रूपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख रूपैयाँ थियो । आज तोलामा २०० रूपैयाँ बढेसँगै आज तोलामा १ लाख ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २०० रूपैयाँ छ ।
साताको पहिलो कारोबार दिन पनि सुनको मूल्य तोलामा १ लाख ५०० रूपैयाँ थियो । गत साताको शुक्रबार तोलामा १ लाख ३०० रहेको सुनको मूल्य आइतबार २०० रूपैयाँ प्रतितोला बढेको थियो ।
सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय ९० रूपैयाँ छ । यससँगै, लगातार ४ दिनदेखि चाँदीको मूल्य स्थिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण