‘ह्रस्वदीर्घ’मा भित्रिए रवीन्द्र झा
बिहीबार, १४ पुस २०७९, १० : ४८
अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’ मा कलाकारको रुपमा रवीन्द्र झा पनि जोडिएका छन् । निर्माण युनिटले फिल्मको मुख्य कलाकारको रुपमा झालाई अनुबन्धित गरेको हो ।
फिल्मका लागि केही दिनअघि अभिनेत्री विपना थापा पनि भित्रिएकी थिइन् । पुरानी अभिनेत्री थापाको १३ वर्षपछि यसै फिल्म मार्फत अभिनयमा पुनरागमन हुने भएको छ ।
चन्द्र पन्तको निर्देशन रहने फिल्ममा सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रह्मानन्द लगायतका कलाकारको अभिनय रहनेछ ।
फेब्रुअरी १ देखि छायांकन सुरु हुने फिल्मलाई तीन चरणमा खिचिने भएको छ । फिल्मको पहिलो चरणको छायांकन भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सुटिङ सुरु हुनेछ, भने दोस्रो चरणको छायांकन नेपालमा र तेस्रो भारतको बनारसमा गर्ने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण