कोरोना सङ्क्रमण फैलिन नदिन जमुनाह नाकामा कडाइ
कोरोना सङ्क्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाइ गरिएको छ । भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए।
कोरोना सङ्क्रमण कम भएपछि गत असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो । छिमेकी देश भारत र चीनमा कोरोना सङ्क्रमण देखिन थालेपछि नाकामा फेरि कडाइ सुरु गरिएको चन्दले बतए। अहिले नेपालगञ्ज नाकामा पनि स्वास्थ्य सावधानीसँगै भारतबाट नेपाल फर्किनेको अनिवार्य कोरोना परीक्षण गर्न सुरु गरिएको छ ।
भारतको सिमलाबाट नेपाल फर्किदै गरेकी जाजरकोटकी ३० वर्षीय महिलालाई परीक्षणको क्रममा शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको जमुनाह हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिए। उनका अनुसार, भारतबाट आउने ५५ जनाको जाँच गर्ने क्रममा जाजरकोटकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालगञ्जस्थित जमुनाह नाकामा बिहीबारदेखि कोरोना जाँच सुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण