लसुनकाबारेका १० तथ्य
बिहीबार, १७ भदौ २०७२, १० : ३४
मानिसहरुले ७ हजार वर्षदेखी लसुनको प्रयोग गर्दै आएका छन् । युरोपमा लसुन सेवन गर्नेलाई आत्मा र भ्याम्पायरले दु:ख नदिने विश्वास छ । तपाईलाई आश्चर्य लाग्ने लसुनबारेका १० तथ्य यस्ता छन् ।
१. युरोपमा लसुनलाई सेतो चमत्कारको संकेतका रुपमा लिइन्छ । सेन्ट्रल युरोपका केही प्रसिद्ध व्यक्तिहरुले लसुनले आत्मा र भ्याम्पायरसँग लड्ने शक्तीले बताएका थिए ।
२. इस्लाम धर्ममा भने मस्जिद जानुअघि लसुन खान मिल्दैन । यसको गन्ध नमिठो हुने भएका कारण यस्तो प्रतिबन्ध लगाइएको हो । धेरै हिन्दू पनि खराब गन्धकै कारण लसुन सेवन गर्दैनन् । केही संख्यामा जैन र केही संख्यामा बुद्ध धर्मालम्बीले समेत यसको प्रयोग गर्दैनन् ।
३. लसुनबाट सिर्जना हुने डरलाई चिकित्सकिय भाषामा अलिउमफोबिया भनिन्छ ।
४. लसुनलाई डढाँएर लामखुट्टेसँगै अन्य विभिन्न किरा तथा झिंगाहरु भगाउन सकिन्छ । पानीमा लसुनलाई मिसाएर विभिन्न किटाणू नस्ट गर्न समेत प्रयोग गर्न सकिन्छ ।
५. लसुनमा १७ वटा एमिनो एशिड हुन्छन् । मानिसको शरिरका प्राय सबै अङ्गमा यसको प्रवाह हुन्छ ।
६. तपाईलाई चिनिँया खानामा किन यति धेरै लसुनको प्रयोग हुन्छ भन्ने लागको हुनसक्छ ? विश्वको ६६ प्रतिशत लसुन चीनमा उत्पादन हुन्छ ।
७. लसुनले कोलेस्टेरोल बढाउँछ । त्यस्तै चिसो र रुघाखोकीसँग लड्न भूमिका खेल्छ र मानिसलाई स्वस्थ राख्छ
८. लसुनको गन्धलाई हातबाट हटाउनका लागि हातलाई चिसो पानी राखेर स्टिलको भाडाँेमा रगेड्नुपर्छ ।
९. अप्रिल १९ लाई लसुन दिवसका रुपमा मनाउने गरिन्छ ।
१०. लसुनको खिर भारतमा निकै प्रख्यात छ । दुध, चिनी, पानी आदि मिसाएर यस्तो खिर तयार पारिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूको सजाय निर्धारण आज नहुने
-
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
-
नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
-
बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण