डायवेटिजको बिरामीका लागि १० उत्कृष्ट शाकाहारी खाद्यान्न
शरीरमा रगत र सुगरको परिणामलाई नियन्त्रण गर्न स्वस्थ र ठीक खाना आवश्यक पर्छ । डायवेटिज नियन्त्रणका लागि आवश्यक १० उत्कृष्ट सागपात भने यस्ता छन् । डायवेटिजका बिरामीहरुले लिने तरकारीमा फिब्र, भिटामिन ए, पोटासियन, म्याग्नेसियन र क्याल्सियम पर्याप्त मात्रामा हुनु जरुरी छ ।
सिमी/गेडागुडी –
गेडागुडीमा क्यालोरी कम हुन्छ । यसमा प्रोटिनको मात्रा बढी हुन्छ र फाइब्र, पोटासियम र म्याग्नेशियम धेरै हुन्छ ।
फ्याट/ फ्रि डेरी –
फ्याट नभएका दुग्ध उत्पादन पनि डायवेटिजका बिरामीका लागि राम्रो भोजन हो । दुग्ध उत्पादनमा भिटामिन डि धेरै हुन्छ । यसले हड्डी तथा दाँत समेत बलियो बनाउँछ ।
गहुँ –
गहुँमा फाइब्र धेरै हुन्छ । यसमा ओमेगा ३, फोलेट, म्याग्नेसियम, पोटासियम र कोरोमियम प्रशस्तै पाइन्छ ।
गोलभेडा –
विभिन्न रोगसँग लड्नका लागि गोलभेडा महत्वपूर्ण मानिन्छ । आईरन, भिटामिन सी, ई र केका लागि गोलभेडा महत्वपूर्ण माध्यम हो ।
सखरखण्डा –
यसमा भिटामिन एको मात्रा धेरै हुन्छ । त्यसैले यसको सेवन गर्दा राम्रो ।
बदाम –
ओमेगा थ्रीको मात्र बढी हुन्छ । आवश्यक फ्याट यसले प्रदान गर्छ र मुटुका लागि समेत यो राम्रो हुन्छ । हरियो सागपात – इन्सुलिन घटाउन यसले महत्वपूर्ण भूमिका खेल्छ । यसमा पोटासियम बढी हुन्छ र क्यालोरी कम हुन्छ । आईरनका लागि यो महत्वपूर्ण मानिन्छ । ब्रोकाउली, पालुङगो र बन्दा डायवेटिजका बिरामीका लागि उपयुक्त हुन्छ ।
क्याप्सीकम –
यसमा भिटामिन ए र सि, पोटासियम, क्यान्सियम र फ्राइब्रको मात्रा बढी हुन्छ ।
च्याउ –
च्याउमा चिनीको मात्रा हुदैँन । यसमा भिटामिन डि हुन्छ । यो चिल्लो समेत हुदैँन र यसले कोलेस्टोरोल घटाउन चाहनेका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
भ्यान्टा –
यसले डायवेटिजको संभावना घटाउँछ । त्यस्तै कोलेस्टेरोल हटाउन समेत यो महत्वपूर्ण मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूको सजाय निर्धारण आज नहुने
-
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
-
नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
-
बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण