पोलेको मासुले क्यान्सरको खतरा
चितवन – नेपालीले दसैँमा बढी मासु खाने गर्छन् । मासुका विभिन्न परिकार बनाउने क्रममा धेरै पोलेको र भुटेको मासु रुचाउने गरिन्छ । त्यस्ता मासुबाट क्यान्सरको खतरा हुने चिकित्सकले बताएका छन् ।
मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ । त्यसले पेट र छालामा क्यान्सर हुन सक्ने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका मेडिकल अङ्कोलोजी विभागका विशेषज्ञ चिकित्सक डा गुरुशरण साहले बताए ।
उनका अनुसार मासु पोल्दा मासुमा गुलियो पदार्थ र प्रोटिन हुने हुँदा बढी पाक्दा त्यसमा एक्रिल्यामिडिएस उत्पन्न हुन्छ, जुन क्यान्सरका लागि सहयोगी बन्छ । बढी पोलेको मासु प्रयोग गर्ने जापानीमा यो समस्या धेरै रहेको साहले बताए । सो विषयमा जापानमा थप अनुसन्धान पनि भइरहेको उनको भनाइ छ ।
युवावस्थाका यस्ता बिरामी बढी आउने गरेको अस्पतालका मेडिकल अङ्कोलोजी विभाग प्रमुख डा भोलाप्रसाद रौनियारको भनाइ छ । भुटेको र पोलेको मासुबाट ठूलो आन्द्राको क्यान्सर अरु बढी हुने गरेको बताइएको छ । पटक पटक पातलो दिसा, पेट काट्ने र कटक्क दुख्ने गरेमा परीक्षण गर्न पनिउनले सुझाव दिए । यस्ता खाले क्यान्सर भएका बिरामीका परिवारका अन्य सदस्यलाई पनि परीक्षणको लागि उनको सुझाव छ ।
उनका अनुसार मासु पोल्दा छोपेर पोलेमा अरु बढी हानिकारक हुने गर्छ । दसैँका बेलामा मासु प्रयोग गर्दा राँगा, खसी, बोकाको भन्दा कुखुरा र माछाको मासु प्रयोग गर्न चिकित्सकले सुझाएका छन् । उनीहरुको भनाइमा ती मासु उमालेर खाएमा अरु बढी स्वास्थ्यवद्र्धक हुने गर्छ ।
यसैबीच भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सन् २०१४ मा एक लाख १२ हजार ४७६ जनाले क्यान्सर रोगको परीक्षण गराएका छन् । तीमध्ये २६ हजार ४३ जना नयाँ रहेको अस्पतालले जनाएको छ । नयाँ बिरामीमध्ये महिलाको सङ्ख्या १६ हजार ६३९ छ ।
पेटको क्यान्सरका बिरामी एक सय ६१ जनाले उपचार गराएकामा महिला ६२ जना मात्रै छन् भने पुरुषको सङ्ख्या ९९ छ । यो तथ्याङ्कले खानपिनका कारण पेटको क्यान्सर बढी हुने गरेको देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूको सजाय निर्धारण आज नहुने
-
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
-
नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
-
बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण