जाडोमा यसरी गरौं बालबालिकाको हेरचाह
आइतबार, २९ कात्तिक २०७२, १० : ५८
डा.रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिशेषज्ञ
जाडो मौसममा रुघाखोकी, निमोनिया,दम, ब्रोंकाइटिस,
चिसोको एलर्जी, छालाको समस्या, कोल्ड डायरिया आदिले
बालबालिकालाई एकदम छिटो असर गर्दछ ! तसर्थ निम्न
कुराहरुमा ध्यान दिऔं :
१. सकभर सफा तथा न्यानो कपडा लगाइदिने ! कान, नाक, तालु,
घांटी र छातिमा अझ न्यानो कपडा लगाइदिने !
२. घाम लागेको समयमा घाममा राख्ने !
३. घाम नलागेको समयमा न्यानो बिस्तारा वा आगो / हिटर
आदि भएको ठाउँ नजिक राख्ने !
४. बाहिर कोइला रातो हुनेगरी बालेपछि बच्चालाई सेकाउने, तेल
घस्ने अनि सुत्ने बेलामा कोइला बाहिर राख्ने !
५. हावा छिर्नको लागि अलिकति झ्याल खुला राख्ने !
६. नवजात शिशुलाई कंगारुले आफ्नो बच्चालाई छातीमा टासे
जस्तै टाँसेर सुताउने !
७. पटकपटक दुध, मनतातो पानी तथा झोलिलो खाने कुरा
खुवाइरहने !
८. रुघाखोकी लागेमा बेसार, ज्वानो, अदुवा, तुलसीको पात
तथा कागतीको रस राखेर पानीमा पकाएर खुवाइरहने !
९. छाती, घांटी. निधार, तालु तथा अन्य शरीरमा तेलमा थोरै
भिक्स मिसाएर मालिस गर्ने !
१०. चिसो हावा, चिसो खानेकुरा खान नदिने !
११. शरीरको तापक्रम सन्तुलन गर्न दुध, गेडागुडीको रस, दाल,
मासुको रस, तातो पानी तथा अन्य पौष्टिक आहार खुवाउने !
१२. ज्वरो, रुघा, खोकी लागेमा सामान्य सिटामोलको झोल
खुवाउने ! मौसमी रुघाखोकीमा एन्टिबायोटिकको जरुरी हुँदैन !
१३.ज्वरो आएकोबेला मनतातो पानीपट्टी लगाउने ! चिसो
पानीको पट्टी नलगाउने, यसले एक्कासी शरीरको तापक्रम
घटाएर झन् खतरा हुनसक्छ !
१४. तीन दिनसम्म ज्वरो नियन्त्रण नभए, लगातार खोकी लागे,
सास फेर्न गाह्रो भएमा तुरुन्त आफ्नो चिकित्सकसंग स्वास्थ्य
परिक्षण गराउने !
१५. कोखा हानेमा, ओँठ तथा औंला निलो भएमा, एकोहोरो
घ्यारघ्यार भएमा, शरीर चिसो भएमा तुरुन्त नजिकको
अस्पतालको आकस्मिक कक्षमा पुर्याउने !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूको सजाय निर्धारण आज नहुने
-
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
-
नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
-
बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण