यस्तो खानाले चम्किलो हुन्छ दाँत
(एजेन्सी) सफा दाँतले मानिसको व्यक्तित्व दर्साउँछ त्यही भएर दाँत सफा राख्न र यसको चमक बढाउन थुप्रै कोसिस गरिन्छ । त्यसैले मानिस थुप्रै पटक ब्रस गर्छन् । त्यति गर्दा पनि दाँत चम्किलो नभएर धेरै निराशसमेत हुने गरेका छन् । तर खानालाई व्यवस्थित गर्ने हो भने दाँतको चमक बढाउन सकिन्छ । यदी हामीले दाँतको चमक बढाउने केही खाद्यान्नको प्रयोग गर्यौ भने यो संभव छ । यस्ता केही फलफूल तथा खाद्यान्न निम्नअनुसार छन् ः स्याउ मज्जाले चपाएर स्याउ खानुहोस् । यसले दाँतलाई सफा गर्ने काम गर्छ । स्याउमा धेरै मात्रामा मौलिक एसिड पाइन्छ । यसले अनुहारलाई समेत सफा बनाउन सहयोग गर्छ । अनुहारका दागहरु पनि हटाउँछ । चीज चीजमा क्याल्सियम, फास्फोरस जस्ता मिनिरल्स हुन्छन् । यस्ता मिनिरल्सले दाँतको चमक बढाउदैँ यसलाई मजबुत बनाउन भूमिका खेल्छन् । यसमा पाइने प्रोटिले दाँतको रंग प्राकृति राख्न भूमिका खेल्छन् । चीजमा लैक्टिक एशिड पनि हुन्छ । यसले दाँतलाई बलियो बनाउँछ । किसमिस किशमिशलाई दैनिक चपाउँदा दाँत सफा रहन्छ । यसले ब्याक्टेरियाहरुबाट दाँतलाई जोगाउँछ । किसमिसले दाँत मात्रै सफा राख्दैन्, दाँतमा दाग आउनबाट जोगाउँछ र मुखबाट समेत सुगन्ध ल्याउँछ । ब्रोकाउली ब्रोकाउली र सलादमा थुप्रै मात्रामा फाइबर पाइन्छ । फाइबरले मुखमा इन्फलेमेशनमा कमी ल्याउँछ । यसले दाँतमा रहेको पहेँलो पनालाई पनि हटाउँछ । ताजा ब्रोकाउली खानाले दाँत सफा रहन्छ । भुईँकटहर भुईँकटहरमा प्राकृतिक ब्रोमेलेन पाइन्छ । ब्रोमेलेन यस्तो तत्व हो जसले दाँत सफा गर्न सहयोगी भूमिका खेल्छ । यसको दैनिक प्रयोगले दाँत सफा रहन्छ र चमक फर्कन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूको सजाय निर्धारण आज नहुने
-
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
-
नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
-
बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण