उपेन्द्र महतोको ‘५ करोडको औषधि’ माथि अस्ट्रेलियन मिडियाले उठायो गम्भिर प्रश्न
काठमाडौं – एनआरएन पूर्व अध्यक्ष उपेन्द्र महतोले गत मंसिर ९ गते एक कार्यक्रमबीच नेपाल सरकारलाई साढे ३ करोडभन्दा बढी औषधि हस्तान्तरण गरे । भारतीय नाकाबन्दीले मुलुकमा औषधिको चरम अभाव हुन थालेपछि ती औषधि सहयोग स्वरुप सरकारलाई प्रदान गरिएको महतोले बताएका थिए । देश अप्ठ्यारो स्थितिमा परेको बेला महतोको सहयोगलाई धेरैले प्रशंसा गरे पनि एक अस्ट्रेलियन मिडियाले भने ठूलो प्रश्न उठाएको छ । उक्त मिडियाले महतोको बारेमा भएको मिडिया कभरेजलाई ‘भ्रामक’ भएको संज्ञासमेत दिएको छ ।
के थियो समाचार ?
फूलकुमारी मेमोरियल ट्रस्टका अध्यक्ष समेत रहेका महतोले गत मंसिर ९ गते एक कार्यक्रमकाबीच ३ करोड ६१ लाख रुपैयाँ बराबरको औषधि स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा उनले भारतीय नाकाबन्दीले मुलुकमा औषधिको अभाव भएकाले फूलकुमारी महतो मेमोरियल ट्रस्ट, नेपाल मेडिसिटी, ग्रान्डी इन्टरनेसनल हस्पिटल र एनएमसी हेल्थ केयर दुबईले संयुक्त रूपमा ३ करोड ६१ लाख ४१ हजार ९ सय २४ रुपैयाँ बराबरको औषधि सरकारलाई सहयोगस्वरूप प्रदान गरेको बताएका थिए । महतोका अनुसार नेपालीका लागि एनएमसी हेल्थ केयर दुबई र सम्बद्घ स्वास्थ्य संस्थाबाट प्राप्त ५ करोड ४ लाख ७ सय २८ रुपैयाँ बराबरका औषधि र स्वास्थ्य सामग्री सहयोगस्वरूप प्राप्त भएको थियो । सहयोगमध्ये बाँकी १ करोड ४२ लाख ५८ हजार ८ सय ४ रुपैयाँ बराबरको औषधि र स्वास्थ्य सामग्री ट्रस्टमार्फत फूलकुमारी महतो मेमोरियल हस्पिटल तथा ट्रस्ट सम्बद्घ अस्पतालबाट बिरामीलाई निःशुल्क उपचारमा उपयोग गरिने पनि उनले जानकारी दिएका थिए ।
अस्ट्रेलियन मिडिया भन्छ, ‘महतोले झुक्काए’
अस्ट्रेलियन मिडिया ‘रोचक कुरा उक्त रकम बराबरको औषधि सरकार र महतोको फाउण्डेसनलाई हस्तान्तरण गरिएको भनिएको छ । तर, समाचारमा एनएमसी मात्र नभनेर महतो लगायत विभिन्न संस्था मिलेर सहयोग गरेको भनिएको छ,’ समाचारमा भनिएको छ ।
ग्राण्डी अस्पतालका मिडिया र पब्लिक रिलेसन अफिसर विनोद अधिकारीले साउथएसिया डट एयुका काठमाडौं प्रतिनिधि क्रन्दन चापागाईंसँग उक्त औषधि अबुधावीमा रहेको एनएमसी हेल्थले पठाएको स्वीकार गर्दै पूरानै स्टकबाट औषधि हस्तान्तरण गरिएको बताएका छन् । त्यस्तै अधिकारीले भूकम्प पीडितका लागि पठाइएको औषधि ग्राण्डीले पूरै नबाँडेको र अहिले आएर बाँड्न लागेको पनि बताएका छन् ।
यस्तो छ महतोमाथि प्रश्न
१) आधा वर्ष अगाडि आएको औषधि ग्राण्डी अस्पतालमा किन लुकाएर राखियो ?
२) ६ महिना बितिसक्दा पनि भूकम्प पीडितलाई किन औषधि बाँडिएन ?
३) एउटा संस्थाले पठाएको औषधि आफूहरुले मिलेर दिएको भन्दै स्वामित्व लिने काम किन गरियो ?
४) भूकम्पपीडितको औषधि नाकाबन्दीलाई दिएको भनेर किन दुष्प्रचार गरियो ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूको सजाय निर्धारण आज नहुने
-
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
-
नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
-
बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण